‘हिन्दु परिवारबाट आएको भए पनि हिन्दू धर्म मान्दिन’ – माधवकुमार नेपाल

२०७६ बैशाख १५, आईतवार १४:२८ गते २०७६ बैशाख १५, आईतवार १४:२८ गते २०७६ बैशाख १५, आईतवार १४:२८ गते

सत्तारुढ दल नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले एशिया प्यासिफिक सम्मेलनमा होली वाइन र क्रिश्चियनसँग आफूलाई जोडेर आएका विषयलाई पुष्टि गर्न चुनौती दिएका छन् ।प्रतिनिधिसभा, अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा एशिया प्यासिफिक सम्मेलनमा सरकारको संलग्नता र विदेशमा भएको यसको प्रचारबारे सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले क्रिश्चियन धर्मको प्रचारक बन्न खोज्यो भन्ने ढङ्गबाट गरिएको प्रचार कुत्सित मनसायबाट प्रेरित रहेको बताए ।
उनले,“माधव नेपाललाई वाइन शब्दसँगै एलर्जी छ, वाइन कहिल्यै नै खाँदैन, हिन्दू परिवारबाट आएको भए पनि हिन्दू धर्म वा कुनै पनि धर्म मान्दैन, हामी कम्युनिष्ट हौँ, जनताको धर्मको अधिकारलाई सम्मान गर्छौं ।”“जनताको मनलाई सम्मान गर्न सबै धार्मिक कार्यक्रममा भाग लिन्छौँ, हिन्दू, बुद्धिस्ट, मुस्लिम, जैन जुन धर्मावलम्बीले बोलाए पनि हामी जान्छौँ, म त भगवान् मान्दिनँ, जनताको भावनामा चोट पु¥याउने राजनीतिज्ञको काम होइन, नेपालको उत्पत्ति हिन्दू र बौद्ध धर्मको पहिचानसँग जोडिएको छ”, उनले भने ।एशिया प्यासिफिक सम्मेलन नेपाललाई विश्वमा चिनाउन राम्रो भावनाबाटै गरिएको उनको दाबी छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *