प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ पञ्चवर्षीय योजना महत्वाकांक्षी नभएको बताएका छन्।उनले अवाधिक योजनामा महत्वाकांक्षा राम्ररी पलाउन नसकेको उल्लेख गरे।गरिबी निवारणलाई २५ वर्षको सोच बनाउनु नपर्ने बताउँदै यसलाई तीन वर्षभित्र निमिट्यान्न पार्ने गरी विकास गर्न उनले आग्रह गरेका छन्।उनले भने, ‘२५ वर्ष होइन तीन वर्षमै गरिबीको रेखामुनिको जनसंख्या शून्यमा झार्नैपर्छ। यसका आधार पनि सरकारले तय गरिसकेको छ।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा यस्तो बताएका हुन्।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0