सगरमाथा सफाइ टोलीले भेट्टायो तीन अलपत्र शव

२०७६ बैशाख १६, सोमबार ०८:०० गते २०७६ बैशाख १६, सोमबार ०८:०० गते २०७६ बैशाख १६, सोमबार ०८:०० गते

काठमाडौँ — सरकार र स्थानीय तहको पहलमा पहिलो पटक सगरमाथा हिमाल सफाइमा पुगेको टोलीले तीनवटा अलपत्र शव फेला पारेको छ ।नेपाल पर्वतारोहण संघका सचिव टीकाराम गुरुङका अनुसार सगरमाथाको दोस्रो क्याम्प, चुचुरोनजिक साउथकोल र ल्होत्से हिमालको टुप्पोनजिक एक/एक वटा शव भेटिएका हुन् । ती शवबारे विस्तृत विवरण आइनसकेको संघले जनाएको छ ।हिमालमा फालिएका ग्यास सिलिन्डरलगायत फोहर संकलन गरिरहेको सफाइ टोलीले ती शव पनि आधारशिविर झार्न प्रयास गर्ने गुरुङले बताए । विदेशी सञ्चारमाध्यमले हालसम्म आरोहण क्रममा मृत्यु भएकामध्ये १ सय ९५ जनाको शव त्यहीं रहेको दाबी गर्दै आएका छन् । यिनमा अधिकांश विदेशी आरोही छन् । केही हिमाल चढेर फर्केका तथा केही चढ्ने क्रममा मृत्यु भएकाहरू छन् ।पर्यटन विभागले यसबारे आधिकारिक तथ्यांक नभएको जनाउँदै आएको छ । सफाइ अभियान टोलीले हालसम्म ३ हजार किलोग्राम फोहोर संकलन गरिसकेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजकले २ हजार किलोग्राम ओखलढुंगा र १ हजार किलोग्राम राजधानी ल्याइसकिएको जनायो ।सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानअन्तर्गत १० टन फोहर संकलन गर्ने तयारी छ । वैशाख १ देखि थालिएको अभियानका लागि २ करोड ३२ लाख रुपैयाँ छुट्याइएको छ । ४५ दिने अभियानमा १२ जना शेर्पा खटाइएका छन् भने नेपाली सेनासहित नौवटा निकाय संलग्न छन् । (कान्तिपुर दैनिकबाट)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *