एजेन्सी । नेपाल, भारतलगायत मध्य पूर्वमा बनाइने विभिन्न परिकारहरुमा घिउको अधिक प्रयोग हुने गरेको पाइन्छ । अझ नेपालीहरुले त यसलाई स्वादिलो मानेर सिधै सेवन गर्ने गरेका छन् । परम्परागत रुपमा घिउ दूधबाट बन्ने नौनीलाई उमालेर बनाइन्छ ।बटर र घिउलाई केही हदसमम उस्तै मानिएपनि बटर धेरै तापमानमा तताइएको हुन्छ भने घिउलाई एकदमै कम तापमानमा तताइन्छ र यसलाई तयार पार्न तुलनात्मक रुपमा धेरै समय लाग्दछ यसरी कम तापमानमा तताइने हुनाले नै घिउमा भिटमिन र पोषक तत्वहरु संरक्षित हुन्छन् । घिउलाई विशेषगरी भिटामिन–इ, भिटामिन–ए, एन्टिअक्सिडेन्ट लगायत अन्य जरुरी तत्वहरुको राम्रो स्रोत मानिन्छ । यिनै तत्वहरु धेरै उच्च तापमानमा तताउँदा नष्ट भएर जाने गरेका छन् ।
यसरी आयुर्वेदमा पनि घिउलाई ६ हजार वर्ष पुरानो औषधिका रुपमा लिइने गरिएको छ जुन भारत लगायत विभिन्न देशमा प्रयोग हुने गर्दछ ।लामो समयदेखि नै घिउ हर्बल औषधिका रुपमा प्रयोग हुँदै आएको चन्द्रधर तृवेदी बताउँछन् जो साउथ डकोटा स्टेट युनिभर्सिटीका विशिष्ट प्रोफेसर हुन् । पहिले घिउलाई पवित्र कुरा मानिने भएकाले पनि यसलाई औषधिका रुपमा अपनाउन सुरु गरिएको र हिन्दु समुदायमा यसले चिकित्सकीय साथै अध्यात्मिक लाभ दिने पनि विश्वास रहेको उनले बताए ।
उनका अन्ुसार आधुनिक विज्ञानमा पनि फ्याटयुक्त खानेकुरा सेवन गर्नुले ‘बयो–अभाइभेलिटि’ बढाउँछ र स्वस्थ भिटामिन र मिनल्सलाई सोस्न मद्दत गर्छ भन्ने मानिसकेको छ । यस्तोमा कुनैपनि सागसब्जी लगायत स्वस्थकर खानेकुरा घिउमा पकाएर खाँदा शरीरमा अधिक मात्रामा पोषक तत्व पुग्ने उनको भनाइ छ । यसरी घिउ स्वादिष्ट हुने हुँदा यसले खानालाई केही हदसम्म स्वस्थ बनाइदिने र नरुचेको अवस्थामा मीठो बनाइदिन सक्छ ।
तर के घिउ आफैँमा स्वस्थ खानेकुरा हो ? वास्तवमा घिउका जति फाइदा भएपनि अन्त्यमा यो एक किसिमको फ्याट नै हो । त्यसैले यसमा पनि भारी मात्रामा क्यालोरी हुन्छ जसले तौल बढाउने र मोटोपनाको गराउन सक्छ । यसका साथै घिउलगायत विभिन्न थरीका बटरहरु जसमा उच्च स्याचुरेटेड फ्याट हुन्छन्, ती सबैलाई मुटु सम्बन्धी रोगसँग जोडेर हेरिन्छ ।
तरपनि पछिल्ला केही अध्ययनहरुले घिउलगायत फ्याटयुक्त खानेकुराबारे दृष्टिकोणमा बिस्तारै परिवर्तन ल्याइरहेका छन् । २०१६ मा यस सम्बन्धी गरिएको एक समीक्षाअनुसार थोरै घिउको सेवन र मुटु सम्बन्धी रोग वा मधुमेहबीच तुलनात्मक रुपमा एकदमै थोरै वा कुनैपनि सम्बन्ध छैन ।यसअघि घिउको सेवनले मुटुमा गम्भीर असर गर्ने र दीर्घकालीन रोगको खतरा बढाउने सम्बन्धी चिन्ता व्यक्त गरिएको थियो ।त्यसैले यही विषयमा स्पष्ट जानकारी हासिल गर्न थुप्रै अध्ययनहरु सञ्चालन गरिएको हो । जसमा हाम्रो डायटमा केबल १० प्रतिशत अर्थात ठिक्क मात्रामा घिउ समावेश गरिँदा त्यसले केलोस्ट्रोलको स्तरमा कुनै हानि नपुग्ने वा मुटु सम्बन्धी कुनै खतरा नगराउने पाइएको हो ।तर धेरै मात्रामा घिउ भएको डायट सेवन गर्दा भने रगतमा अस्वस्थ स्तरले कोलेस्ट्रोल बढ्ने गरेको र विभिन्न रोग समेत निम्त्याउन सक्ने बताइएको छ ।तापनि घिउ अन्य प्रकारको बटर भन्दा स्वस्थकर हुन्छ भन्नेमा ठोस प्रमाण फेला पार्न सकिएको छैन । यस्तोमा हामीले दैनिक खानामा प्रयोग गर्ने तेल वा अन्य फ्याटलाई घिउले प्रतिस्थापन गर्नुपर्नेछ भन्नु गलत हुने बताइएको छ । टाइमबाट
Views: 0