श्रीलंका बम विस्फाेटमा सम्लग्न अधिकांश इस्लामिक अतिवादी मारिए वा पक्राउ परे : प्रधानमन्त्री

२०७६ बैशाख १६, सोमबार ०८:०८ गते २०७६ बैशाख १६, सोमबार ०८:०८ गते २०७६ बैशाख १६, सोमबार ०८:०८ गते

कोलम्बो- श्रीलंकामा गत आइतबार भएको शृंखलाबद्ध बम आक्रमणमा सम्लग्न अतिवादी स्लामिक समूहका सदस्यहरू मारिएका तथा पक्राउ परेका र मुलुकको अवस्था सामान्य बनिसकेको प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आइतबार बताएका छन्।प्रधानमन्त्रीले भने, ‘आगामी दिनमा यस किसिमका घटना हुन नदिन पूर्व सावधानीस्वरूप स्लामिक अतिवादी समूहविरूद्ध सरकारले कडा कानुनी व्यवस्था गर्ने योजना ल्याएको छ। श्रीलंकामा गैरकानुनी रूपमा काम गर्दै आएका विदेशी क्रिश्चियन धार्मिक नेतालाई पनि फिर्ता गरिनेछ।’प्रधानमन्त्री विक्रमासिङ्गेले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गत साता २ सय ५३ जनाको ज्यान जानेगरी भएको आत्मघाती आक्रमण एउटा सानो तर सुसङ्गठित समूहले गराएको अनुसन्धानबाट थाहा भइसकेको छ।’आक्रमणमा सम्लग्न अधिकांशलाई सरकारले पक्राउ गरिसकेको र केही मारिएका पनि उनले दाबी गरे। उनले भने, ‘अब देशको सुरक्षास्थिति सामान्य बनिसकेको छ। सबै मिलेर सम्पूर्ण समुदायको जनजीवनलाई सामान्य बनाउन काम गर्नुपर्छ।’गिर्जाघर तथा होटेललाई लक्षित गरी गत हप्ता भएका आक्रमणमा ४० विदेशी पाहुनासहित २ सय ५३ जनाको मृत्यु भएको सरकारको तथ्याङ्क छ। आक्रमणपछि करिब १ सय जनालाई पक्राउ गरिएको छ। अधिकारीका अनुसार श्रीलंकामा स्लामिक स्टेट समूहका करिब १ सय ४० अनुयायी रहेका छन्।सरकारले शनिबारदेखि लागू हुनेगरी आपतकालीन कानूनी व्यवस्थामार्फत गत हप्ताको आक्रमणहरूमा सम्लग्न रहेको भनिएको अतिवादी स्लामिक समूह नेसनल तोहित जमात (एनटिजे) समूहमाथि रोक लगाएको छ। रासस/एएफपी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *