बालुवाटार जग्गाको जरैसम्म पुगेर छानबिन होस्, दण्ड स्वीकार्न तयार छु : बाबुराम भट्टराई

२०७६ बैशाख १७, मंगलवार ०६:३९ गते २०७६ बैशाख १७, मंगलवार ०६:३९ गते २०७६ बैशाख १७, मंगलवार ०६:३९ गते

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता हुनुमा आफ्नो दोष देखिए दण्ड स्वीकार्न तयार रहेको बताएका छन् । सोमबार संसद बैठकमा संबोधन गर्दै भट्टराईले नियतवश संलग्नता देखिएमा आफू दण्ड स्वीकार्न तयार रहेको बताएका छन् ।तुलनात्मक रुपमा स्वच्छ छवि भएका प्रधानमन्त्रीहरु नै बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएको भन्दै भट्टराईले यसको जरासम्म पुग्ने गरी छानबिन हुनुपर्ने बताएका छन् । ‘नियतमात्र ठीक भएर हुँदो रहनेछ, हाम्रो संस्थाहरु कति बेकम्मा रहेछ ?’ उनले भने ‘नियतवश संलग्नता देखियो भने म दण्ड स्वीकार्न तयार छु ।’ललिता निवासको जग्गामा एक अर्कालाई आरोप प्रत्यारोप गरेर मात्र समस्या समाधान नहुने भन्दै यस विषयमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने उनको भनाइ छ ।उनले अघि भने ‘व्यक्तिगत रुपमा जति स्वच्छ रहे पनि भ्रष्टाचार रोकिदैन भन्ने कुरा वाइड बडी प्रकरण, बुढीगण्डकी, तारागाउँ होटल र ललिता निवासले देखाएको छ, भ्रष्टाचारको जरासम्म पुगेर हामी कसैले गल्ती गरेका रहेछौं भने कारबाही होस् ।’

ललितानिवासबारे भट्टराईले संसदमा व्यक्त गरेको विचार

सबभन्दा महत्वपूर्ण, जनताले अनुभूत गरिराखेको, अत्यन्त पेचिलो मुद्दा भ्रष्टाचार सुशासन बनेको छ । यहाँ अब भ्रष्टाचार हुँदैन भन्ने प्रतिवद्धता आयो, अत्यन्त खुशीको कुरा हो । त्यस्तो भइदेओस् भन्ने म पनि चाहन्छु । तर भ्रष्टाचारको जरो कारण हाम्रा ऐन, कानून नियमहरु, हाम्रो संस्कारहरु, आर्थिक, सामाजिक परिवेशलाई नबदेलसम्म तपाईं हामीले चाहँदैमा, भ्रष्टाचार हुँदैन भन्दैमा नहुने होइन रहेछ ।पहिलेदेखि हुँदै आएको सार्वजनिक सम्पत्तिको दोहन गर्ने कुरा, वाइड बडी प्रकरणदेखि तारागाउँ रिसोर्ट, बुढीगण्डकी, अहिले आएर बालुवाटारको ललिता निवासको जग्गाको विषय छ, तपाई हामीले एक अर्कोलाई आरोप प्रत्यारोप गर्नु भन्दा पनि यसको जड कारण के हो ? त्यो ठम्याएर हल गर्न सकेनौं भने यो पटक पटक बल्झेर आउनेवाला छ ।वाइड बडी प्रकरणको मात्र कुरा गर्दा त्यसमा जनताको आशंका सत्तापक्ष र प्रतिपक्षतिरै सोझिएको अवस्था छ । त्यसैले हामीले एकले अर्काको कोर्टमा फ्याँकेर मात्र उम्किन मिल्छ ? मिल्दैन ? उदाहरणका लागि मात्र म यो भन्दैछु ।अहिले ललिता निवास प्रकरणमा थुप्रै प्रधानमन्त्री र मन्त्रिमण्डलको नाम जोडिएर आएको छ । संयोगले नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई, तत्कालीन एमालेभित्र सापेक्ष ढंगले स्वच्छछवि मानिनुभएका माधवकुमार नेपाल, तत्कालीन माओवादीभित्र यहाँहरु सबैले माया गरेर स्वच्छ छवि बनाइदिनुभएको बाबुराम भट्टराई । उही तीवटैको मन्त्रीमण्डलको कालखण्डमा ललिता निवास प्रकरणमा गलत निर्णय भयो भन्ने आएको छ, यसको अर्थ के हो ?मैले भन्न खोजेको के हो भने व्यक्तिमात्रै, व्यक्तिको नियतमात्रै ठीक भएर हुँदो रहेनछ । म दावीसाथ भन्न चाहन्छु यसको गम्भीरतापूवएक छानबिन गरियोस् र यसको जरोसम्म उतारेर हाम्रा संस्थाहरु कतिसम्म बेकम्मा रहेछन् । कतिसम्म भष्टाचारयुक्त रहेछन् भन्ने कुराको उठान पनि होस् । हामी सबैको नियतवश संलग्नता आउँछ भने त्यसलाई हामीले दण्ड दिनुपर्छ । त्यसमा म दण्ड स्वीकार्न तयार छु ।

त्यसैले मेरो चाहिँ आग्रह के छ भने जबसम्म संस्थाहरु ऐन नियम कानूनहरुमा सुधार गरिदैन, हाम्रो आर्थिक अपारदर्शी, आर्थिक हर्कत गर्ने प्रचलन छ । चुनावदेखि राज्यसत्ता सञ्चालन गर्ने प्रक्रियासम्म जबसम्म, जबसम्म हामीले यसलाई अन्त्य गर्दैनौं तबसम्म तपाई हामी व्यक्तिगत रुपमा जतिसुकै स्वच्छ रहन सके पनि हामीले यो राज्यसत्ता र समाजलाई भ्रष्टाचार मुक्त गर्न सक्दैनौं भन्ने कुराको सायद एउटा संकेत हो ।त्यसैले मेरो आग्रह छ, यी सबै परिघटनाहरु वाइडबडीदेखि लिएर बुढीगण्डकी, तारागाउँ देखि लिएर ललितानिवास प्रकरणसम्मका गम्भीरतापूर्वक छानबिन गरियोस् भ्रष्टाचारको जरासम्म पुगेर हामीमध्ये जोकसैले गल्ती गरेको रहेछ भने दण्ड दिइयोस् ताकी आगामी पुस्ताले यो भ्रष्टाचारमुक्त नेपाल भोग गर्न पाओस् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *