हारको बदला लिन श्रीलंकामा आक्रमण गरेको दाबी

२०७६ बैशाख १७, मंगलवार ०७:०२ गते २०७६ बैशाख १७, मंगलवार ०७:०२ गते २०७६ बैशाख १७, मंगलवार ०७:०२ गते

इस्लामिक बिद्रोही समूह इस्लामिक स्टेट (आइएस) ले आफ्ना नेता दाबी गरिएका व्यक्तिको भिडियो सार्वजनिक गरेको छ ।आइएसले पछिल्लो पाँच वर्षमा पहिलोपटक आफ्ना नेता अबु बकर अल–बग्दादीको भिडियो सार्वजनिक गरेको हो । भिडियोमा अल–बग्दादीले आइएसको कब्जामा रहेका क्षेत्र गुमाउनु परेको र त्यसको बदला लिरै छोड्ने चेतावनी दिएका छन् ।भिडियो फुटेजमा अल–बग्दादीले आइएसको नियन्त्रण रहेको अन्तिम क्षेत्रका रुपमा रहेको बाघुजमा भएको हार पनि स्वीकार गरेका छन् । भिडियो कहिले रेकर्ड गरिएको भन्ने स्पष्ट भएको छैन, तर आइएसले भने अप्रिलमा लिइएको भिडियो रहेको बताएको छ । आइएसको अल–पुक्र्वान मिडियान नेटवर्कमा भिडियो पोस्ट गरिएको हो ।अल–बग्दादीले इस्टरको दिन (अप्रिल २१) श्रीलंकाको राजधानी कोलम्बोमा भएको आक्रमण इराकी शहर बाघुजमा बेहोरेको हारको बदला रहेको दाबी गरेका छन् ।

उनले बुर्किना फासो र मालीका बिद्रोही समूहसँग सहकार्य रहेको पनि बताएका छन् । यस्तै सुडान र अल्जेरियामा भइरहेको प्रदर्शनका बारेमा पनि उनले कुरा गरेका छन् ।अल–बग्दादीले जिहाद मात्रै तानाशाहको समाधान रहेको बताएका छन् । सुडान र अल्जेरियामा लामो समयदेखि सत्तामा रहेका शासक विरुद्ध प्रदर्शन भइरहेको छ । भिडियोको अन्त्यतिर अल–बग्दादीको तस्बिर छैन, त्यसपछि उनले श्रीलंकामा भएको आक्रमणका बारेमा चर्चा गरेका छन् ।श्रीलंकामा भएको आक्रमण सम्बन्धी अंशमा अडियो मात्रै रहेकाले यो भाग पछि रेकर्ड गरिएको हुन सक्ने पनि अनुमान रहेको समाचार संस्था रोयटर्ससहितले उल्लेख गरेका छन् । १८ मिनेट लामो भिडियोमा उनले अब बदला लिएरै छोड्ने चेतावनी दिएका छन् ।इस्टरको दिन कोलम्बो र आसपासका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलमा भएको शृङ्खलाबद्ध आक्रमणमा कम्तिमा २५० जनाको ज्यान गएको थियो । घटनामा ५०० जना भन्दा बढि घाइते भएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *