ठेकदारसँग रिसाए प्रधानमन्त्री ! मोबिलाइजेसनको पैसा लियो, अरु धन्दा गर्‍यो !

२०७६ बैशाख १८, बुधबार ०९:०२ गते २०७६ बैशाख १८, बुधबार ०९:०२ गते २०७६ बैशाख १८, बुधबार ०९:०२ गते

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्माण व्यवसायी अर्थात ठेकेदारहरुसँग आक्रोशित बनेका छन् । काठमाडौंमा मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा लामो मन्तव्य व्यक्त गरेका प्रधानमन्त्री ओलीले ठेकदारहरुले देश बर्बाद पारेको आरोप लगाए ।नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले धेरैवटा ठेक्काहरु लिएर काम नगर्नेमाथि सरकार कडारुपमा प्रस्तुत हुने चेतावनीसमेत दिए । प्रधानमन्त्री ओलीले काठमाडौंका केही सडकको उदाहरण नै दिए ।

प्रधानमन्त्री ओलीले दलको बैठकमा प्रस्तुत गरेको ठेकदारमाथिको आक्रोश यस्तो थियो-

कतिको मुटुमा ढ्याङ्ग्रो ढोकिएको होला, त्यसो भएर पहिल्यैबाट खुट्टा फुत्त झिक्नेखालका प्रयासहरु भएका हुन सक्छन्, म त्यसमा केही पनि भन्न चाहन्न अहिले । त्यो समयक्रममा हामी हेर्छौं ।

एउटा क्षेत्रमा मात्रै होइन, सबै क्षेत्रमा हामी भ्रष्टाचारको खोजविन, छानविन र अनियमितताको छानविन गर्छौं ।

अहिले पनि कतिपय ढिलाढाला गर्दिने । कामको जिम्मा लिने, काम नगर्ने । ठेकदारले नसक्ने गरी अनेक ठेक्का लिने । अनेक ठेक्का लिने र त्यो अपूरो राख्ने ।काठमाडौंको वरिपरि साँघु जाने बाटो होस् कि चाँगुनारायण जाने बाटो होस् कि अर्कोतिर जाने बाटो होस्, या नागढुंगा कलंकी बाटो होस्, विभिन्न बाटाहरु एउटै मान्छेले ठेक्का दिएको छ, काम गर्दैन । शायद उसको क्षमता पनि छैन, एकैचोटि त्यत्रो काम गर्ने ।देशको विकासलाई बर्बाद पारेर अनि मोबिलाइजेसनको पैसा लिएर मोबिलाइजेसनको पैसाले प्लटिङ गरेर, अरु-अरु काम गरेर, अरु-अरु धन्दा गरेर… ।

खर्बौंको ठेक्का लिने, त्यसो गर्दा १० अर्बको ठेक्का लियो भने २० प्रतिशतका दरले उसले २ अर्ब त मोबिलाइजेसनको पैसा पाउने भयो । २ अर्ब पैसा पायो भने काम नगर्‍यो, अनि अरु धन्दा गर्‍यो । अनि देशलाई बर्बाद । त्यसपछि त्यो सबै महंगो हुन्छ । काम राम्रो हुँदैन । यसप्रकारको परिपाटी छ । त्यस्ता परिपाटीहरुलाई हामी नियन्त्रण गर्ने, काम अगाडि बढाउने काम गर्दैछौं ।

मैले भनेको छु, म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार सहन्न । भ्रष्टाचार कल्ले गर्‍यो, त्यसको मुख हेर्दिनँ, त्यसको काम हरेर कानूनवमोजिम दण्ड सजायँ गर्ने काम गरिन्छ । यसमा देशमा कसैलाई भ्रम नरहे पनि हुन्छ । कसैभित्र, कहीँ, कतै पनि भ्रम नरहे हुन्छ । भ्रष्टाचार गरेको फेला पर्‍यो भने, छानविन गर्दा भ्रष्ट आचार गरेको छ भने फेला परिहाल्छ र त्यसको कारवाही हुन्छ ।

हामीले कालोबजारी, तस्करी, भ्रष्टाचार, अनियमितता यस सम्बन्धमा अहिले जसरी कारवाही कहिल्यै पनि भएको थिएन ।आग्रहपूर्ण ढंगले भन्नु, आग्रहपूर्ण ढंगले नक्कली आयोग बनाउनु, अख्तियारलाई ओझेलमा पारेर नक्कली आयोग बनाएर विरोधीहरुलाई तर्साउन खोज्नु बेग्लै कुरा हो ।अहिले हामीले चलाएको भ्रष्टाचार विरोधी प्रयास यो नक्कली अनधिकृत कुनै संस्था निर्माण गरेर त्यसबाट विपक्षी तर्साउने, विपक्षी फसाउने हिसाबको होइन । देशलाई स्वच्छतामा लाने प्रयास हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *