आइपिएल क्रिकेट : ५ ओभरमा छाेट्याइएकाे खेलमा गोपालको ह्याट्रिक, बाहिरियो बैंग्लोर

२०७६ बैशाख १८, बुधबार ०९:०६ गते २०७६ बैशाख १८, बुधबार ०९:०६ गते २०७६ बैशाख १८, बुधबार ०९:०६ गते

काठमाडौं- आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर समूह चरणबाट बाहिरिएको छ। वर्षाले प्रभावित खेलमा बैंग्लोर र राजस्थान रोयल्सबीचको खेलमा नतिजा नआएपछि दुवै टिमले १-१ अंक बाडे।अंक बाडेसँगै अघिल्लो चरण पुग्न जित हात पार्नुपर्ने बाध्यतामा रहेको बैंग्लोर बाहिरिएकाे हाे।लगातार वर्षा भएपछि खेल ५ ओभरमा घटाइएको थियो। पहिले ब्याटिङ गरेको बैंग्लोरले ७ विकेटको क्षतिमा ६२ रन जोड्यो।

उसका लागि कप्तान विराट कोहलीले सबैभन्दा बढी २५ रन जोडे। कोहलीलाई राजस्थानका श्रेयस गोपालले दोस्रो ओभरको चौथो बलमा आउट गरेका थिए। लगत्तै अर्को बलमा गोपालले एबी डिभिलियर्सलाई १० रनमा आउट गरे। छैटौं खेलमा मार्कोस स्टोइनिसलाई शून्य रनमा आउट गरेपछि गोपालले ह्याट्रिक गर्न सफल भएका थिए।६३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको राजस्थानले ३.२ ओभरमा ४१ रन जोडेर खेलिरहँदा खेल फेरि वर्षाले अबरुद्ध भयो। त्यसपछि खेल हुन सकेन।अंक तालिकामा राजस्थान १३ खेलबाट ११ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ। पुछारको बैंग्लोरले अन्तिम खेलअघि ९ अंक जोडेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *