सेटिङमा यसरी झिकिन्छ गरिबका मिर्गाैला

२०७६ बैशाख १८, बुधबार ०९:१४ गते २०७६ बैशाख १८, बुधबार ०९:१४ गते २०७६ बैशाख १८, बुधबार ०९:१४ गते

दलाल र किन्ने व्यक्तिबीचको सम्झौतामा मिर्गाैला नेपालसहित भारतका विभिन्न अस्पतालका अवैधानिक तरवरबाट बिक्री हुने गरेका छन्।यसको सञ्जाल गाउँदेखि काठमाडौंसम्म र काठमाडौंदेखि भारतका सहरसम्म हुने गरेको छ।स्रोतका अनुसार काँकडभिट्टा-पानीटंकी, वीरगन्ज-रक्सौल, भैरहवा-सुनौली ओसारपसरका साझा बिन्दु हुन्। आजको राजधानी दैनिकमा प्रशान्त वलीले यो खबर लेखेका छन्।बिचौलियाहरूले १ लाखदेखि ३ लाख रुपैयाँसम्म मिर्गाैला प्रत्यारोपण गर्न चाहनेहरूलाई उपलब्ध गराउने आश्वासन दिने गरेको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले देखाउँछ। तर प्रत्यारोपण गरिसकेपछि पीडितले २० हजारदेखि ३० हजारसम्म मात्र पाउने गरेको प्रतिवेदनले देखाउँछ।

गोरखा स्थायी घर भई चितवन भरतरपुर बस्दै आएका २९ वर्षीय सविन केसी(नाम परिवर्तन) को आर्थिक अवस्था कमजोर थियो। एक व्यक्तिले मासिक १० हजार रुपैयाँ तलब उपलब्ध गराउँछु भन्दै २०७३ साउनमा काठमाडौं ल्याए। उनलाई औषधि खुवाएर बेहोस पारियो।बेहोस पारी काठमाडौंबाट भारतको एक अस्पतालमा पु¥याइ दायाँ भागको मिर्गाैला निकाली दलालले बिक्री गरे। पछि होसमा आएका सविनलाई गुन्डाले छुरी हानेकाले उपचारका लागि अस्पताल ल्याइएको बताइयो।अन्ततः यससम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा प¥यो। अदालतले २०७५ चैतमा गरेको फैसलामा दोषी ठहर भएकाले ११ वर्ष कैद, २ लाख २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउनू भनिएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *