धरौटी बुझाउन नसकेपछि कलाकार प्रज्ञा जोशी जेल चलान

२०७६ बैशाख १८, बुधबार ०९:४८ गते २०७६ बैशाख १८, बुधबार ०९:४८ गते २०७६ बैशाख १८, बुधबार ०९:४८ गते

काठमाडौँ । जग्गा किनबेचको बहानामा ठगी गर्दै हिँडेकी कलाकार एवं निर्मात्री प्रज्ञा जोशी जेल चलान भएकी छिन् । जग्गा मिलाइदिने भन्दै ५० लाख ठगी गरेको आरोपमा कलाकार जोशी इटहरीबाट पक्राउ परेकी थिइन् । जोशी अदालतले तोकेको ४० लाख धरौटी बुझाउन नसकेपछि जेल चलान भएकी हुन् ।प्रहरीका अनुसार इटहरीमा लुकीछिपी बस्दै आएकी जोशीलाई इटहरी प्रहरीले पक्राउ गरेको थियो । सुवर्ण कुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिएपछि उनी पक्राउ परेकी थिईन् । नेपाल टेलिभिजनवाट प्रशारण भएको विभिन्न सिरियलमा अभिनय गरेकी जोशीले ‘नोटबुक’ नामक चलचित्र निर्माण गरेकी थिइन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *