लम्की तनावग्रस्त, झडप हुँदा ७ प्रहरी घाइते

२०७६ बैशाख १८, बुधबार ०९:५२ गते २०७६ बैशाख १८, बुधबार ०९:५२ गते २०७६ बैशाख १८, बुधबार ०९:५२ गते

धनगढी : कैलालीको लम्कीमा ट्रकको ठक्कर बाट १९ वर्षीया सुनिता रावलको मृत्यु भएको छ। रावलको मृत्यु पश्चात विद्यार्थी र स्थानीयले यतायता तथा बजार बन्द गरेका छन्।लम्की बहुमुखी क्याम्पसबाट साइकलमा घर फर्केने क्रममा पछाडिबाट आइरहेको ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमा नै मृत्यु भएको थियो।

आक्रोशित विद्यार्थी र स्थानीयले ठक्कर दिने ट्रकलाई जलाउने प्रयास गरेका थिए। आक्रोशितहरु सडकमा टायर बालेर प्रर्दशनमा उत्रिएपछि प्रहरीले अश्रुग्यास हवाइफायरसमेत गरेको छ।सोहि क्रममा रवरको गोली लाग्दा लम्की बहुमुखी क्याम्पसका प्राध्यापक प्रेम मुडभरीको टाउकोमा चोट लागेको छ। स्थानीयको ढुङ्गा प्रहारबाट ७ जना प्रहरी घाइते भएका छन्।घाइतेको लम्कीमा रहेको लालरत्न अस्पतालमा उपचार भैरहेको छ। मृतकका आफन्त र लम्कीबहुमुखी क्याम्सका विद्यार्थीले सडकमा टाएर जलायर पूर्वपश्चिम राजमार्ग अबरुद्ध पारेका छन्। चालक भने फरार छन्। सडक सूचारुका लागि सर्बदलीय बैठक बसिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।अन्नपुर्ण पोस्ट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *