मेचीनगर गोल्डकप : सेमिफाइलनमा पुलिस र सीएमजी भिड्दै

२०७६ बैशाख १८, बुधबार १०:३९ गते २०७६ बैशाख १८, बुधबार १०:३९ गते २०७६ बैशाख १८, बुधबार १०:३९ गते

इलाम : मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमिफाइलनका खेल सुरु हुँदैछ। पहिलो सेमिफाइलनमा विभागीय टोली नेपाल पुलिसले सीएमजी संकटासँग प्रतिस्पर्धा गर्दैछ। दुवै टोली जितका साथ कम्तीमा पाँच लाख एक हजार हजार सुरक्षित गर्न लक्ष्यका साथ मैदान उत्रिँदैछन्। सिजनको प्रर्दशनका आधार संकटामाथि पुलिस हाबी हुँदै आएको छ। यसअघिका दुई भेटमा पुलिस क्लबले विजय हासिल गरेको थियो। सिजनको सर्वाधिक राशिको गोल्डकपको उपाधि होडमा प्रवेश गर्न संकटामाथि टाइब्रेकरमा ५–४ गोल अन्तरले हराएको थियो। सो प्रतियोगिताको उपाधि थ्रीस्टारलाई हराउँदै पुलिसले जित्यो। पोखरामा सम्पन्न पोखरामा कपको प्रि–क्वाटरफाइनल खेलमा संकटा २–१ गोल अन्तरले निरिह बन्यो । गत मार्चमा आसाममा सम्पन्न चौथो सीईएम गोल्डकपमा सहभागिता जनाएको संकटा उपविजेता बनेको थियो। सेमिफाइनल प्रवेश गर्न संकटाले विमल घर्ती मगर सम्मिलित आयोजकलाई ४–१ गोलले हराएको थियो भने पुलिसले पारो एफसी भुटानलाई २–० हरायो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *