लिभरपुलमाथि बार्सिलोनाको जित

२०७६ बैशाख १९, बिहीबार ०७:४२ गते २०७६ बैशाख १९, बिहीबार ०७:४२ गते २०७६ बैशाख १९, बिहीबार ०७:४२ गते

युराेपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३-० गोलले पराजित छ । क्याम्प नाउमा बार्सिलोनाकाे जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने लुइस स्वारेजले एक गोल थपे ।खेलको २६ औं मिनेटमा स्वारेजको गोलबाट बार्सिलाेनाले अग्रता बनाएको थियो । च्याम्पियन्स लिगमा याे सिजन पहिलाे गाेल गरेका स्वारेजले आफ्नाे पूर्व क्लबविरुद्ध सुरुवातमा अग्रता दिलाए ।पहिलो हाफमा १-० काे अग्रता बनाएकाे बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल थप्याे। जसमा दुबै गाेल कप्तान लियाेनल मेस्सीले गरे । खेलको ७५ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।त्यसपछि खेलको ८२ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए ।पहिलो लेगको जितसँगै बार्सिलोनाले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब दुई टोलीबीचको दोस्रो लेग लिभरपुलको मैदान एनफिल्डमा हुनेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *