काठमाडौँ । एक्कासी बिग्रिएको मौसमले जनजीवन अस्तव्यस्त पारेको छ । बुधबार साँझ काठमाडौँ उपत्यकासहित ६ जिल्लामा हावावाहुरीसहित वर्षा भएको छ ।एक्कासी आएको भिषण हावाहुरीले त्रसित बनाउनुका साथै केही बेर जनजीवनमा प्रभावित बनाएको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रि मनसुनका कारण र स्थानीय र पश्चिमी वायुको कारणले मौसम सक्रिए भएकाले यस्तो अवस्था आएको हो । यो अवस्थामा हावाहुरी चल्ने र मेघगर्जनसहित पानी गर्ने गर्दछ ।बुधबार साँझदेखि काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, धादिङर नुवाकोटमा हावाहुरीसहित वर्षा भएको हो । बंगालको खाडीको दक्षिण पूर्वी भागमा विकसित शक्तिशाली चत्रवात ‘फानी’को असर नेपालसम्मै पर्न सक्ने मौसमविद्हरुले प्रक्षेपण गरेका छन् ।महाशाखाका अनुसार शुक्रबार अपरान्हपछि नेपालको पूर्वी भू–भाग भएर फानी नेपाल प्रवेश गर्ने सम्भावना रहेको छ । बंगालको खाडीको दक्षिण पूर्वी भागमा विकसित भैइरहेको ‘फानी’ बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेको छ ।महाशाखाले बुधबार जारी गरेको विशेष बुलेटिनमा भनिएको छ – ‘बिहीबारबाट यो प्रणाली उत्तर पूर्वतिर लाग्ने देखिन्छ । ‘शुक्रवारबाट यो प्रणाली भारतको उडिसा आसपास मोडिने देखिन्छ ।’महाशाखाले सतर्क रहन आग्रहसमेत गरेको छ ।
Views: 0