श्रीमतीको हत्या आरोपमा सजाय तोकिएको भोलिपल्टै आत्महत्या

२०७६ बैशाख १९, बिहीबार ०८:२१ गते २०७६ बैशाख १९, बिहीबार ०८:२१ गते २०७६ बैशाख १९, बिहीबार ०८:२१ गते

दोलखा । श्रीमतीको हत्या अभियोगमा कैद सजय तोकेको भोलिपल्टै एक कैदीले कारागारभित्रै आत्महत्या गरेका छन् ।दोलखा जिरी नगरपालिका वडा नम्बर ९ ठूलोपातालका ३८ वर्षीय तस्विर तामाङले कारागारको शौचालयभित्रै झुण्डिएर आत्महत्या गरेका हुन् ।गत २०७५ मंसिर १० गते घरायसी विवादमा दाउराको चिर्पटले हिर्काएर ३३ वर्षीया श्रीमती राममाया तामाङको हत्या गरेका तस्विर तामाङलाई जिल्ला अदालत दोलखाले सोमवारमात्र कर्तव्य ज्यान मुद्दामा २५ वर्षको कैद सजाय सुनाएको थियो ।श्रीमतीको हत्या गरी फरार रहेका तस्विरलाई प्रहरीले मंसिर १२ गते रामेछापको मन्थलीबाट पक्राउ गरी ल्याएको थियो भने पुस ५ गते उनलाई पुर्पक्षको लागि चरिकोट कारागारमा थुनामा पठाएको थियो ।

मंगलबार मध्यान्ह पौन १ बजेतिर शौचालय छिरेका तस्वीर धेरैबेर ननिस्केपछि ढोकाको प्वालबाट हेर्दा इजारको पासो लगाएर झ्यालको ग्रिलमा झुण्डिएर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक बासुदेव पाठकले जानकारी दिए ।गाउँमा भएका मृतकका बाबुलगायत आफन्तलाई बोलाइएको र उनीहरु आएपछि शौचालयको ढोका खोलेर शव निकाल्ने तथा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।घट्ना लगतै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, प्रहरी नायव उपरीक्षक बासुदेव पाठक, सशस्त्र प्रहरी बल, चरिकोट गुल्मका प्रहरी नायव उपरीक्षक किरणकुमार कठायत, भीमेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी, तस्वीर तामाङको जेठी छोरी अस्मिता तामाङ र पत्रकारहरु कारागार पुगेका थिए ।गत २०७५ माघमा पनि श्रीमतीको हत्याकै आरोपमा कारागार चलान गरिएका एक युवकले शौचालयमा झुण्डिएर आत्महत्या गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *