भृकुटीमण्डपको ‘जुत्ता-चप्पल मेला’ अब सधैंका लागि बन्द

२०७६ बैशाख २२, आईतवार २२:४२ गते २०७६ बैशाख २२, आईतवार २२:४२ गते २०७६ बैशाख २२, आईतवार २२:४२ गते

काठमाडौंको भृकुटीमण्डपस्थित् सानो चौरमा अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएको नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुको ‘सेल–मेला’ आइतबारबाट सधैंका लागि बन्द हुने भएको छ।आइतबार रिपोर्टर्स क्लब नेपालमा स्वदेशी ‘जुत्ता–चप्पल’ उद्योगीले गरेको पत्रकार सम्मेलनमा उत्पादन भएका जुत्ता चप्पललाई कसरी लोकप्रिय बनाउने भन्ने सम्पूर्ण उद्योगीको योजनाअनुरुप अब उप्रान्त सेल–मेला नलाग्नेबारे निर्णय भएको आयोजकले जानकारी गराएको छ।कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन नेपालका अध्यक्ष श्रीकृष्ण फुयाँलले नयाँ कामको सुरुवात गर्न यो मेला बन्द गर्नुपरेको जानकारी गराए।

सामूहिक प्रतिबद्धताअनुरुप उक्त स्थानमा सञ्चालन हुँदै आएको मेला बन्द गर्न आफूहरु तयार भएको उनको भनाइ थियो। व्यापारी तथा उपभोक्ताको माग सम्बोधन गर्दे आफूहरुले देशैभरि आफ्ना उत्पादन उपलब्ध गराउने सोचका साथमा यो निर्णय गरिएको उनले स्पष्ट पारे।कार्यक्रममा बोल्दै उद्योगी प्रमोद महतोले कुनैबेला भृकुटीमण्डपमा मेलाको आवश्यकता रहे पनि अब योभन्दा फरक किसिमले आफ्ना उत्पादन उपभोक्तासम्म पुर्याउन आवश्यक रहेको बताए।अहिलेसम्म चल्दै आएको ‘सेल–मेला’ अबदेखि वार्षिक रुपमा बृहत्त प्रदर्शनीको रुपमा सञ्चालन हुने पनि उद्योगीहरूको भनाइ छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *