एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख पाण्डेले दिए राजीनामा

२०७६ जेष्ठ २७, सोमबार २२:२३ गते २०७६ जेष्ठ २७, सोमबार २२:२३ गते २०७६ जेष्ठ २७, सोमबार २२:२३ गते

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख तथा सल्लाहकार समितिका संयोजक नवीन पाण्डेले पदबाट राजीनामा दिएका छन्।पछिल्लो समय एन्फाको कार्यशैलीप्रति असन्तुष्ट पाण्डेले सोमबारदेखि लागु हुने गरी राजीनामा दिएको उल्लेख गरेका छन्। उनले नेपाली फुटबलमा सेवा गर्ने मौका दिएकोमा धन्यवाद दिँदै सबैलाई चिन्न पाएकोमा खुसी लागेको राजीनामा पत्रमा लेखेका छन्। उनले नेपाली फुटबलको विकास लागिरहने पनि उल्लेख गरेका छन्।

गत वर्ष एन्फाको नेतृत्वमा कर्माछिरिङ शेर्पा समूहलाई जिताउन पाण्डेको महत्वपूर्ण भूमिका थियो। एन्फा शुद्धिकरण अभियानमा पाण्डेले शेर्पा समूहलाई साथ दिएका थिए. गत वैशाखमा एन्फाका पूर्व अध्यक्ष गणेश थापाको प्रभाव अन्त्य हुँदा शेर्पा समूह विजयी भएको थियो। तर पछिल्लो समय भने शेर्पा समूहमा थापा पक्षका व्यक्ति हावी हुँदै आएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed