काठमाडौं- जेठ २३ बेलुका आएको भीषण हावाहुरीका कारण सुदुरश्चिम प्रदेशका दुई जिल्लामा कैलाली र कञ्चनपुरमा मात्र करिव १३ सय वटा विद्युत पोल ढलेका छन्।अधिकांश काठे पोल र सिमेन्ट पोलहरु हावाहुरीका कारण ढलेपछि पछिल्लो चार दिनदेखि सुदुर पश्चिम प्रदेशका अधिकांश भागमा विद्युत प्रवाह गर्न समस्या भएको हो।नेपाल विद्युत प्राधिकरण अत्तरिया क्षेत्रीय कार्यालय प्रमुख सतिश कर्णका अनुसार अधिकांश विद्युत पोल ढलेको तथा रुख ढलेर चार चुडिएका कारण प्रदेशभर नै ‘ब्लाक आउट’ को अवस्था आएको हो। ‘ढलेका तथा भाँचिएका पोलमा नयाँ पोल राख्ने र चुडिएका तार मिलाउने काम ७० प्रतिशत सकिएको छ। अझै धेरै ठाउँमा विद्युत सुचारु गर्न सकेका छैनौं। त्यसका लागि अझै एक हप्ता बढी समय लाग्छ,’ कर्णले भने।
अत्तरिया क्षेत्रीय कार्यालयमा तार र पोल लगायत सामाग्रीहरु मौज्दात रहेका कारण पनि केही दिनभित्रै विद्युत सेवा सुचारु गर्न सम्भव भएको उनले जानकारी दिए।हावाहुरी कै कारण अत्तरिया–चमेलिया १ सय ३२ केभी प्रशारणलाईनमा क्षति पुगेको छ। उक्त प्रशारणलाईन भने सुचारु भईसेको उनले जानकारी दिए।कर्णका अनुसार हावाहुरीका कारण विद्युत पोल ढलेर र तार चुडिएर साढे २ करोढ रुपैयाँ भन्दा बढीको आर्थिक क्षति भएको छ।नेपाल लाइभ
Views: 0