स्याङ्जा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ ।स्याङ्जाको अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा पुल नहुदा मन्त्रीको झण्डाबाल गाडी डुब्न पुगेको हो ।
सहरे खोलामा बनेको पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी दरौं खोलामा आधा डुबेपछि सुरक्षाकर्मीले मन्त्रीलाई उद्दार गरेका थिए ।खोलामा डुबेको गाडीको इन्जिन नै सिज भएको र क्रेनको सहायताले निकालिएको बताइएको छ । मन्त्री महासेठ अर्को गाडी चढेर फर्किएका छन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0