सर्वोच्च अदालतमा लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनको विवादसम्बन्धी चार वटा रिट निवेदन एउटै इजलासमा राखेर हेरिने भएको छ ।
न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले बुधबार आयोगको स्थानीयत तहको विज्ञापनसम्बन्धी सबै विवाद एउटै इजलासमा सुनुवाई गर्ने आदेश जारी गरेको हो ।
मंगलबार न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले बुधबार लोकसेवा आयोगको सो विज्ञापनसम्बन्धी परेका चारवटै निवेदनलाई सँगै हेर्ने आदेश जारी गरेको थियो । मंगलबार एउटा निवेदनको सुनुवाई भएको थियो । आज चारै रिटलाई सँगै राखेर एउटै इजलासमा हेरिने आदेश भएको हो ।
आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापनको विवादमा परेका चारवटै मुद्दामा सुनुवाइ भइसकेको छ । ती सबैलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने हुनेछ ।
आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार, १६१ सिटका लागि विज्ञापन गरेको थियो । जुन विज्ञापन समावेशी सिद्धान्तविपरीत भएको रिट निवेदनमा उल्लेख थियो ।१२ खरी
Views: 0