अफिम तस्करी प्रहरीको फन्दामा

२०७६ असार ४, बुधबार २२:१४ गते २०७६ असार ४, बुधबार २२:१४ गते २०७६ असार ४, बुधबार २२:१४ गते

नेपालगञ्ज– बाँके प्रहरीले साढे १८ किलो चरेशसहित चार जनालाई पक्राउ गरेको छ।जाजरकोटका पृथ्वीबहादुर विक, वीरबहादुर विक, राजेन्द्र विक र पूर्वीरुकुमकी शर्मिला मगर अफिमसहित पक्राउ परेका हुन्।उनीहरुले दिनको १५ हजार रुपैयाँ पाउने लोभमा अफिम बोकेर नेपालगञ्ज आएको दावी गरेका छन्। पक्राउ परेकी शर्मिलाले भनिन्, ‘बखती यादव नाम गरेका व्यक्तिले दिनको १५ हजार दिन्छु भनेर अफिम बोकाएका थिए।’

जाजरकोट र पूर्वीरुकुममा उत्पादन भएको साढे १८ किलोमिटर अफिम बोकेर नेपालगञ्ज आइपुगेका यी चार जना बुधबार बिहान प्रहरीको फन्दामा परेका थिए। जिल्ला प्रहरी कार्यालय, बाँके र लागुऔषध ब्यूरोको टोलीले उनीहरुलाई नेपालगञ्ज–२२, पुरैनीबाट भे १ ह १३९५ नम्बरको अटोरिक्सामा राखिएको अफिमसहित पक्राउ गरेको थियो। अटोरिक्सा चालक सुर्खेतका अमरबहादुर पहराईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

शर्मिलाका अनुसार, दिनको १५ हजार दिने भनेपछि नेपालगञ्जसम्म अफिम पु¥याइदिन आएका थियौँ। यहाँ आइसकेपछि बखतीले अटोरिक्सामा राखेर नाका पारी भारतसम्म पु¥याइदिन आग्रह गरे। पारी जान थाल्दा नेपालगञ्जमै पक्राउ पर्‍यौँ।जाजरकोटबाट अफिम बोकेर सजिलै नेपालगञ्ज आइपुगेका उनीहरु नाका पार गराउन लैजाने क्रममा पक्राउ परेका थिए। त्यसो भए के पहाडी जिल्लाबाट नेपालगञ्जसम्म लागु औषध सजिलै ल्याउन सकिन्छ? बाटोमा कुनै रोकतोक, जाँच हुँदैन? प्रश्न उब्जिएको छ।

बाँके प्रहरीले अपरान्ह साढे ५ बजे पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरेको छ। बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले साढे १८ किलो अफिम बरामद हुनु ठूलो सफलता भएको बताए। उनले लागू औषधविरुद्धमा छुट्टै टोली नै खटाएर अप्रेसन गरिरहेको जानकारी दिए। ‘लागुऔषधको प्रयोग बढ्दो छ। यसलाई नियन्त्रण गर्नका लागि प्रहरीले सचेतना कार्यक्रमसँगै नियन्त्रणका अभियानहरु चलाइरहेको छ’, एसपी पौडेलले भने, ‘जिल्लामा आउने अधिक मुद्दा लागु औषधकै छन्।’लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा ६ (३) बमोजिम यत्तिका अफिम बोक्नेलाई १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरिवानाको व्यवस्था गरेको छ।

बाँके प्रहरीको तथ्यांकमा लागुऔषधका मुद्दा र पक्राउ संख्या वर्षेनी बढेको देखिन्छ। आर्थिक वर्ष २०७३/७४ मा १ सय ३७ वटा मुद्दा दर्ता हुँदा १ सय ८० जना पक्राउ परेका थिए। ०७४/७५ मा १ सय ४५ वटा मुद्दा दर्ता भयो भने ३ सय १० जना पक्राउ परे। ०७५/७६ मा आईपुग्दा २ सय २१ वटा मुद्दा दर्ता भएर ३ सय ३८ जना पक्राउ परे।

वर्षेनी बरामद हुने लागुऔषध पनि बढ्दो नै रहेको छ। आर्थिक वर्ष २०७३/७४ मा ब्राउनसुगर ५ सय ३७ ग्राम ३ सय १२ मिलिग्राम, अफिम ५३ किलो, गाँजा ३७ किलो १ ग्राम, कोरेक्स ४ लिटर २ सय मिलिलिटर, नाइट्राजेपाम ९ सय ७५ ट्याब्लेट बरामद भएको थियो। २०७४/७५ मा ३ सय ३४ ग्राम ४ सय १६ मिलिग्राम ब्राउनसुगर, ८६ किलो २ सय ५० ग्राम चरेश, ७ किलो तीन सय ग्राम अफिम, दुई हजार ६ सय ५० मिलिमिटर कोरेक्स र तीन हजार ५ सय १ वटा नाइट्राजेपाम ट्याब्लेट बरामद भयो।

आर्थिक वर्ष २०७५/७६ मा ४ सय ६६ ग्राम १ सय २० मिलिग्राम ब्राउनसुगर, ४७ किलो ८ सय २४ ग्राम चरेश, १८ किलो पाँच सय ग्राम अफिम, दुई किलो ७ सय २० ग्राम गाँजा, ७ लिटर आठ सय मिलिलिटर कोरेक्स, ७ हजार ७८ टयाब्लेट नाइट्राजेपाम बरामद भएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed