खेलाडीबाट टोरेसको सन्याशी : दुई युरोकप र एक विश्वकप उपाधि अनि ३८ गोल

२०७६ असार ६, शुक्रबार २१:४४ गते २०७६ असार ६, शुक्रबार २१:४४ गते २०७६ असार ६, शुक्रबार २१:४४ गते

म्याड्रिड : स्पेनिस फुटबल टोलीका पूर्व स्ट्राइकर फर्नान्डो टोरेसले फुटबल खेलाडीका रुपमा सन्याशको घोषणा गरेकाछन्। ३५ वर्षीय टोरेस क्लब फुटबलमा एट्लेटिको म्याड्रिड, लिभरपुल, चेल्सीबाट खेल्दै पछिल्लो समय जापानको लिग खेलिरहेका थिए सागन ताेसुबाट। स्पेनले सन् २००८ मा युरोकप जित्दा निर्णायक गोल टोरेसले नै गरेका थिए। सिनियर अन्तर्राष्ट्रिय फुटबलमा स्पेनको त्यो पहिलो उपाधि थियो।

त्यसपछिका चार वर्षभित्र स्पेनले दुई युरोकप र एउटा विश्वकप उपाधि जितेर युरोपियन फुटबलमा दुर्लभ सफलता हात पारेको थियो। यी सफलतामा टोरेस टोलीका महत्वपुर्ण सदस्य थिए।

उनले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा स्पेनका लागि एक सय १० खेल खेल्दै ३८ गोल गरेका छन्। उनको ब्यावशायीक फुटबल जिवन एट्लेटिको म्याड्रिडबाट सुरु भएको थियो १८ वर्षअघि। सन् २००८ मा लिभरपुलमा आबद्ध भएपछि उनले यस क्लबका लागि एक सय ४२ खेलमा ८१ गोल गरे।

सन् २०१४ मा उनी पुन एट्लेटिको म्याड्रिड फर्किए जहाँ उनी एकपटक युरोपियन च्याम्पियन्स लिगको फाइनल पुगे भने एकपटक युरोपा लिग जित्न सफल भए। सन् २०१८ पछि उनी जापानको लिगमा आबद्ध भएका हुन्।सन् २०११ मा उनी अर्को इङ्लिस प्रिमियर लिग क्बल चेल्सीमा स्थानन्तरण भए जहाँ उनले एक सय ७२ खेल खेल्दै ४५ गोल गरे।

चेल्सीमा रहँदा उनले एकपटक युरोपियन च्याम्पियन्स लिग र एकपटक युरोपा लिग जितेका थिए। स्पेनिस राष्ट्रिय टोलीको सर्वकालिन सर्वाधिक गोलकर्ताको सूचीमा तेस्रो स्थानमा रहेका टोरेसले सन्याश घोषणा गर्दै भनेका छन्, ‘ सन्याश लिने यो उत्तम समय हो।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed