जर्जियामा सयौँ प्रदर्शनकारी घाइते, सभामुखले दिए राजीनामा

२०७६ असार ६, शुक्रबार २२:१२ गते २०७६ असार ६, शुक्रबार २२:१२ गते २०७६ असार ६, शुक्रबार २२:१२ गते

आन्दोलनका क्रममा ठूलो संख्यामा नागरिक तथा सुरक्षाकर्मी घाइते भएपछि जर्जियाका सभामुख इराक्ली खोबाखिजेले राजीनामा दिएका छन्।

सभामुखले शुक्रबार राजिनामा दिएका हुन्। खोबाखिजे जर्जियाको सत्ताधारी दल जर्जिया ड्रिम पार्टी (खाखा खालाजे) का महासचिवसमेत हुन्। सभामुखले आफ्नो राजिनामा जर्जियाली ड्रिम पार्टीको जनताप्रतिको उच्च सम्मानका लागि गरिएको निर्णय रहेको बताएको जर्जियाली पहिलो टेलिभिजन च्यानलले बताएको छ।

संसद भवन नजिकै सांसदसमेतको सहभागितामा भएको आन्दोलनकारीहरूको विरोध प्रदर्शनमा ४० प्रहरीसहित २४० जना घाइते भएका स्वास्थ्यमन्त्री जाजा बोखुवाले बताए।

घटनामा घाइते भएका नागरिकमध्ये दुई जनालाई गम्भीर चोट लागेकोले उनीहरूको शल्यक्रिया भइरहेको छ भने बाँकी १०२ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका बताइएको छ।थाहा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed