नेपाली राष्ट्रिय फुटबल टोलीको नक्कली जर्सी बनाई बेचबिखन गर्ने ६ जना पक्राउ

२०७६ असार ६, शुक्रबार २२:२२ गते २०७६ असार ६, शुक्रबार २२:२२ गते २०७६ असार ६, शुक्रबार २२:२२ गते

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमको नक्कली जर्सी बनाई बेचबिखन गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ परेको छ।

महानगरीय प्रहरी अनुसन्धानम महाशाखाको टोलीले नक्कली जर्सी बनाई बिक्रीवितरण गर्दै आएका बागलुङ जयमुनी नगरपालिका-९ स्थायी बसोबास भई हाल काठमाडौंको नयाँबजार बस्दै आएका वर्ष २९ का चन्द्रदत्त शर्मा, रुपन्देही आनन्दवन स्थायी निवास रही हाल काठमाडौं-१७ मा बस्दै आएका वर्ष ३६ का विष्णु प्रसाद कँडेल र स्याङ्जा कालिगण्डकी गाउँपालिका-१ स्थायी घर भई हाल काठमाडौं-१७ मा बस्दै आएका वर्ष ३५ का सागर पाण्डे पक्राउ परेका छन्। कँडेल र पाण्डे सामाखुसीमा रहेको बिआरके सप्लायर्सका सञ्चालक हुन्।

त्यस्तै, काठमाडौं-९ का रेडिमेड स्टोर सञ्चालक ५२ वर्षीय गोविन्द खनाल, रौतहटको चन्द्रपुर नगरपालिका-२ स्थायी घर भई हाल काठमाडौं बनस्थलीमा बस्दै आएका वर्ष २५ का रामसरण खरेल र झापा दमक-१० घर भई हाल काठमाडौंको सुन्धारामा बस्दै आएका वर्ष ३४ का निलम बस्नेतसमेत पक्राउ परेका छन्।

खनाल काठमाडौंको महाबौद्ध रहेको रेडिमेड स्टोर, खरेल विशाल बजारमा रहेको एसी स्पोर्ट्स गोदाम र बस्नेत सुन्धारामा रहेको सिटिसी मलमा रहेको सिटी स्पोर्ट्सका सञ्चालक हुन्।

अखिल नेपाल फुटबल संघ(एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुले प्रयोग गर्ने जर्सीहरु अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड केल्मी चाइना कम्पनी लिमिटेडसँग सम्झौता गरी नेपालको आधिकारिक वितरक कामारु ट्रेडिङ प्रालिमार्फत मात्र बिक्री गर्ने अधिकार प्रदान गरिएको छ। तर, अन्य व्यक्ति तथा कम्पनीले एन्फाको नक्कली लोगोसमेत प्रयोग गरी ती जर्सीहरु नेपाली बजारमा बिक्रिवितरण गरेको भन्दै कारबाहीको माग गर्दै एन्फाले महाशाखामा पत्र पठाएको थियो।

सोही पत्रका आधारमा अनुसन्धान गर्दा उनीहरु पक्राउ परेका महाशाखाले जनाएको छ।

जर्सीहरु बजारमा बिक्री गर्न हिंडेको अवस्थामा शर्माको साथबाट ३२ थान जर्सीहरु बरामद गरिएको थियो।

उनी पक्राउ परेपछि अन्य पसल र व्यक्तिलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ। सोही अनुसार बिआरके सप्लायर्सबाट ३ सय ३८ थान, रेडिमेड स्टोरबाट २ सय ७४ थान, एसी स्पोर्ट्स गोदामबाट २ सय ४२ थान र सिटी स्पोर्ट्सबाट ३० थान जर्सी बरामद गरिएको छ।

पक्राउ पर्ने व्यक्तिलाई कालोबजारी तथा अन्य केही सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।नेपाल लाइभबाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed