शुक्रबार भएको खेलमा पहिले ब्याटिङ गर्दै श्रीलंकाले इङ्ल्याण्डलाई २३३ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउन आएको इङ्ल्याण्डलाई श्रीलंकाका बलरहरूले खुलेर खेल्न दिएनन् र इङ्ल्याण्ड ४७ ओभरमा अलआउट हुँदै २१२ रनमा समेटिन पुगेको थियो।लक्ष्य पछ्याउन आएको इङ्ल्याण्डलाई श्रीलंकाका बलरहरूले पहिलो ओभरबाट नै दबाबमा राखे।
जोनी बेयरस्टोलाई खाता खोल्न नदिई लसिथ मालिगांले पेभेलियन फर्काइदिए भने अर्का ओपनर जेम्स भिन्सलाई पनि मात्र १४ रनमा पेभेलियनको बाटो देखाइदिए।त्यसैगरी कप्तान इयोन मोर्गन र जोए रूटको साझेदारी पनि ४७ रन भन्दा उता जान सकेन। २१ रन बनाएर मोर्गन आउट भए भने चौथो विकेटका रूपमा रूट आउट भए । यसैगरी जोस बटलर पनि मात्र १० रनमा एलबिडब्लुको शिकार हुँदै आउट भए।यस्तै मोइन अलि १६ रनमा पेभेलियन फर्किदां क्रिस बोक्स, आदिल रशिद तथा जोफ्रा आर्चर क्रमशः २,१ र ३ रनमा पेभेलियन फर्किए।इङ्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ८२ रन हाने। उनी बाहेककका अन्य कुनै ब्याटस्म्यान हिजो टिक्न सकेनन्। उनले ८९ बलमा ७ चौका तथा ४ छक्का प्रहार गरेका थिए।
श्रीलंकाका लागि लसिथ मांलिगाले सर्वाधिक ४ विकेट लिदां धनन्जय डि सिल्भाले ३ विकेट लिए भने इसुरू दचानाले २ विकेट लिएका थिए।त्यसअघि ब्याटिङ गर्दै २३२ रन बनाएको श्रीलंकाका लागि एन्जेलो म्याथयुजले अविजित ८५ रन जोडे उनले ११५ बलमा ५ चौका तता १ छक्का प्रहार गरेका थिए।
अभिस्का फर्नान्डोले ४९ रन जोड्दा कुशल मेन्डिसले ४६ रनको योगदान दिए। त्यसअघि ओपनरद्वय कप्तान दिमुख करूणारत्ने १ रन र कुशल परेरा २ रनमा आउट भए। मध्यक्रमका ब्याट्सम्यान जीवन मेन्डिस डक आउट हुँदा धनन्जय डे सिल्भाले २९ रन बटुले।
बलिङमा इंग्ल्यान्डका जोफ्रा आर्चर र मार्क उडको ३–३ विकेट लिए। आर्चरले १० ओभरमा २ मेडन राख्दा ५२ रन दिए। उडले ८ ओभरमा ४० रन खर्चिए। अदिल रसिले २ विकेट तथा क्रिस ओएक्सले १ विकेट हात पारे।जितसँगै छैठौं खेलमा दोश्रो जित हासिल गरेको श्रीलंकाले ८ अंक बटुल्दै तालिकाको पाँचौं स्थानमा पुगेको छ।
उसले २ खेलमा हार तथा समान २ खेलमा अंक बाँडेको छ।त्यस्तै ६ खेलिसकेको इङ्ल्याण्ड तालिकाको तेश्रो स्थानमा छ। ६ खेल्दा उसले ४ मा जित र दुई मा हार बेहोरेको छ। ऊ अंकतालिकाको तेश्रो स्थानमा यथावत छ।सेतोपाटी
Views: 0