अब पशुपतिनाथको दर्शनखर्च प्रदेश सरकारले व्यहोर्ने

२०७६ असार ७, शनिबार ०७:३२ गते २०७६ असार ७, शनिबार ०७:३२ गते २०७६ असार ७, शनिबार ०७:३२ गते

नयाँदिल्ली : भारतको राजस्थान प्रदेश सरकारले पशुपतिनाथ दर्शन गर्न जाने ज्येष्ठ नागरिकको सै खर्च व्यहोर्ने भएको छ। राजस्थान सरकारअन्तर्गत पर्यटन तथा देवस्थान मन्त्रालयले ६५ वर्ष माथि उमेरका नागरिकका लागि उक्त सुविधा दिने घोषणा गरेको हो।

कान्तिपुरमा समाचार छ, सरकारले बिहीबार मात्र ज्येष्ठ नागरिक तीर्थाटन योजनालाई संशोधन गर्दै पशुपतिनाथ दर्शन गर्न जानेका लागि पनि त्यस्तो सुविधा दिने निर्णय गरेको प्रदेशका पर्यटन एवं देवस्थान मन्त्री विशवेन्द्र सिंहले बताए। ‘पशुपतिनाथ हिन्दुरूको महान् तीर्थस्थलमध्ये एक भएकाले यो निर्णय गरिएको हो।’

राजस्थान सरकारले विगत केही वर्षयता ज्येष्ठ नागरिकको तीर्थाटनका लागि विभिन्न तीर्थस्थलसम्म निश्चित संख्याका लागि सबै खर्च व्यहोर्दै आएको छ।

उक्त सूचीमा भारतबाहिरको गन्तव्यका रूपमा पशुपतिनाथलाई समेत समावेश गरिएको हो। पछिल्लो निर्णयअनुसार काठमाडौंको पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा लाग्ने दुईतर्फी हवाइ भाडासहितको सम्पूर्ण खर्च राजस्थान सरकारले व्यहोर्नेछ।

यसअघि भारतभित्रकै ६ वटा तीर्थस्थलका लागि यस्तो व्यवस्था थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed