“हिन्दूराष्ट्र कायम नहुनुको मुख्य कारण : आर्थिक चलखेल”-परमानन्द झा

२०७६ असार ७, शनिबार २१:१७ गते २०७६ असार ७, शनिबार २१:१७ गते २०७६ असार ७, शनिबार २१:१७ गते

काठमाडौं। पूर्वउपराष्ट्रपति परमानन्द झाले ९५ प्रतिशत ॐ कार परिवारका धर्मावलम्बी भए पनि संविधान निर्माण हुँदा आर्थिक चलखेलका कारण हिन्दूराष्ट्र कायम हुन नसकेको बताएका छन्।

गुरु गोरक्षनाथ अन्तर्राष्ट्रिय आधारशीला तथा नेपाल विश्व हिन्दू महासङ्घले यहाँ आज आयोजना गरेको बृहत् धार्मिक सभामा उनले विसं २०६८ को जनगणनाअनुसार पौने तीन करोड जनसङ्ख्यामा दुई करोड १५ लाख हिन्दू रहेको र संविधानको सुझाव लिने समयको जनमतलाई कदर गरेको भए धर्म सापेक्ष देश हुने थियो भने।

विश्वमा ४२ वटा संविधानमै इस्लाम धर्म लेखिएका देश भएको बताउँदै पूर्वउपराष्ट्रपति झाले सनातनदेखि वैदिक मूल्यमान्यतालाई आत्मसात् गर्दै आएको नेपाललाई धर्मनिरपेक्ष लेखिएकामा लामो समयदेखि असन्तुष्टि रहिरहेको बताए।

पूर्वसांसद भिक्षु आनन्दले सङ्कीर्ण मानसिक सोचका कारण हिन्दू र बौद्धको उद्गमस्थल नेपालको तपोभूमि, ज्ञानभूमि र शान्तिभूमिको परिचय हराउने खतरा बढेको बताए।

कार्यक्रममा पूर्वमुख्य न्यायाधीश ज्ञाइन्द्रबहादुर श्रेष्ठ, भारतको गुरु गोरक्षनाथ इन्टरनेशनल फाउण्डेसनका उपाध्यक्ष तेजपाल सिंह, विश्व हिन्दू महासङ्घ बेलायत शाखाका अध्यक्ष चिरञ्जीवी ढकाल, ज्येष्ठ नागरिक समाजका संयोजक चिरञ्जीवी कँडेल, रामजानकी मन्दिर जनकपुरका महन्त जगन्नाथ वैष्णवदास, पाशुपत योगाभ्यास स्थलका महात्मा सुशील, वृन्दावन संरक्षण समिति अछामका संयोजक कमानसिंह खड्का, नेपाल विश्व हिन्दू महासङ्घका सचिव अभिषेक तिवारी, राम बाबा, आधारशीलाका अध्यक्ष रुद्रबहादुर आले लगायतले वैदिक सनातन धर्मको संरक्षणमा ध्यान जानुपर्नेमा जोड दिए। कार्यक्रममा लोपोन्मुख मौलिक खैँजडी भजनको प्रस्तुतिसमेत गरिएको थियो।हाम्रा कुरा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed