लारा र सचिनकाे रेकर्ड ताेड्न काेहलीले अर्काे इनिङ कुर्नुपर्ने

२०७६ असार ७, शनिबार २१:४६ गते २०७६ असार ७, शनिबार २१:४६ गते २०७६ असार ७, शनिबार २१:४६ गते

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले २० हजार अन्तर्राष्ट्रिय रन पूरा गर्ने विश्वको १२ औंँ खेलाडी बन्न अझै अर्को इनिङ कुर्नुपर्ने भएको छ ।

कीर्तिमानबाट १०४ रन टाढा रहेका काेहलीले शनिबारको खेलमा ६७ रन मात्र बनाउन सके । उनले २० हजार रन पूरा गरेको भए कम इनिङ (४१६) मा २० हजार रन बनाउने पहिलो खेलाडी बन्ने थिए ।अहिले यो रेकर्ड भारतका सचिन तेन्दुलकर र वेस्टइण्डिजका ब्रायन लाराको नाममा रहेको छ । यी दुवैले टेस्ट, एकदिवसीय र टी-२० गरी कुल ४५३ इनिङ्समा २० हजार रन पूरा गरेका थिए ।अफगानिस्तानविरुद्ध तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका विराटले ६३ बलमा ६७ रन बनाए । उनले पाँच चौका प्रहार गरेका थिए । विराटलाई मोहम्मद नाबीले आउट गराएका हुन् ।

एक दिवसीयको २२३ औंँ पारिमा ६७ रन थप्दै उनले १९ हजार ९ सय ६३ अन्तर्राष्ट्रिय रन बनाएका छन् । अब उनले वेस्टइण्डिजविरुद्ध ३७ रन जोड्न सके २० हजार रन बनाउने विश्वको १२ औंँ र भारतको तेस्रो खेलाडी बन्नेछन् । भारतका लागि सचिन शीर्ष स्थानमा छन् भने राहुल द्रविड दोस्रो स्थानमा छन् ।

कोहलीले अहिलेसम्म एक दिवसीयमा ११ हजार २० रन टेस्टमा ६ हजार ६ सय १३ र टी-२० मा २ हजार ३ सय ३० रन बनाइसकेका छन् ।उनले अहिलेसम्म टेस्ट, एक दिवसीय र टी २० गरी ४१६ इनिङमात्रै खेलेका छन् । टेस्टमा १३१, एक दिवसीयमा २२३ र टी २० मा ६२ इनिङमा ब्याटिङ गरेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *