भारतले दशगजामा बनाएको बाँधले रोकिदिंदा नेपाली गाउँ डुबानमा

२०७६ असार ८, आईतवार २१:५४ गते २०७६ असार ८, आईतवार २१:५४ गते २०७६ असार ८, आईतवार २१:५४ गते

नेपालगञ्‍ज-भारतले दशगजामा एकतर्फी बनाएको सडकजस्तो बाँध कारण नेपाली भूभाग डुवानमा परेका छन्। गएरातीदेखि परेको पानीका कारण जिल्लाको पूर्वी–दक्षिणी सीमावर्ती गाउँहरु डुवानमा परेका हुन्। पानीको निकासलाई भारतले एकतर्फी बनाएको सडकजस्तो बाँधले रोकेपछि सीमावर्ती नेपाली गाउँहरु डुवानमा परेका हुन्।

नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाहले भारतले दशगजासँग सटाएर बनाएको सडकजस्तो बाँधका कारण पानीको निकास नहुँदा एक एक दर्जन गाउँका सय बढी घरहरु डुवानमा परेको बताए।उनका अनुसार, नरैनापुरको बनियागाउँ, महतनियाँ, मझेरटी, मियाँपूर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहाबपूर्वा, रोशनपूर्वा गाउँहरु डुवानमा परेका छन्। यी गाउँका सय बढी घरहरु डुवानमा परेको र एक दर्जन भत्किएको गाउँपालिकाका अध्यक्ष शाले जानकारी दिए।

वर्षाले पुल, कल्भर्टको दुवैतिर कटान गरेको छ। धेरै घरभित्र पसेको इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका इन्चार्ज वीरेन्दवीर विश्वकर्माले बताए।गाउँपालिकाको वडा नं. १, कटकुइयास्थित वडा कार्यालयमा पानी पसेको छ। गाउँपालिकाका अध्यक्ष शाहको टोलीले बाढीप्रभावित ठाउँको अवलोकन गरेको छ।

लामो समयपछि नेपालगञ्ज क्षेत्रमा पानी परेको छ । भारतले दशगजामा बनाएको सडकजस्तो बाँधले नेपालगञ्जको पानीको निकास पनि रोक्ने गर्दछ।लामो समय पछि पानी परेकाले अहिले जमिनले पानी सोसेपनि निरन्तर वर्षा हुँदा यहाँको पानीको निकास भारततिर हुँदै आएको छ।त्यतिबेला भारतले दशगजामा बनाएको सडकजस्तो बाँधले पानीको प्राकृतिक वहाव रोकिदिएर नेपालगञ्जसमेत डुवानमा पर्ने जानकारहरु बताउँछन्।देश संचार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed