ट्रम्पले दिए किमलाई यस्तो जवाफ !! के लेखे आखिर पत्रमा

२०७६ असार ८, आईतवार २२:०० गते २०७६ असार ८, आईतवार २२:०० गते २०७६ असार ८, आईतवार २२:०० गते

प्योङयाङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्र उत्तर कोरियाली नेता किम जोङ–उनले प्राप्त गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ ।

पत्र प्राप्त गरेपछि उत्तर कोरियाली नेता किम जोङ–उनले पत्र उत्कृष्ट भएको भन्दै आफूले गम्भीर विषयलाई गम्भीर रूपमा नै लिने प्रतिक्रिया दिएका छन् ।उनले ट्रम्पको पत्र प्राप्त गरेपछि ‘असाधारण साहस’ भन्दै प्रशंसासमेत गरेका छन् । यसै महिनाको सुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले आफूले किमलाई सुन्दर पत्र लेखेको बताएका थिए ।

यो पत्र कहिले र कसरी पठाएको हो भन्नेबारे केही बताइएको छैन । गत २७ र २८ फेब्रुअरीमा भियतनामको हनोईमा दुई नेताबीचको शिखर वार्ता निष्कर्षविहीन भएपछि सम्बन्धमा दरार आएको अनुमान गरिएको थियो । त्यसपछि अमेरिका र उत्तर कोरियाबीचको वार्ता अवरुद्ध छ ।तर, हालै चिनियाँ राष्ट्रपति सी जिनपिङले प्योङयाङको भ्रमण गरेलगत्तै किमले ट्रम्पको पत्र प्राप्त गरेको समाचार बाहिर आएको हो । चिनियाँ राष्ट्रपति सीको भ्रमणपछि परमाणु निःशस्त्रीकरणको विषयमा अवरुद्ध वार्ता पुनः सुरु हुन सक्ने आशा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ट्रम्प र किमबीच भियतनाममा वार्ता विफल भएपछि पुनः सम्बन्धमा सुधार आएको देखिएको छ । अर्को साता ट्रम्पलले दक्षिण कोरियाली नेता मुन जे–इनको निमन्त्रणमा दक्षिण कोरियाको भ्रमण गर्न लागेका छन् । अमेरिकाले उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम सम्पूर्ण रूपमा परित्याग गर्नुपर्ने बताउँदै आएको छ ।तर, उत्तर कोरियाले परमाणु कार्यक्रम परित्याग गर्न प्रतिबन्ध हट्नुका साथै कोरियाली प्रायद्वीपमा सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताउँदै आएको छ । यही विषयमा सहमति बन्न नसक्दा हनोई वार्ता असफल भएको थियो ।

यसै महिनाको सुरुमा ट्रम्पले किमको नेतृत्वसँग प्रचुर सम्भावना रहेको बताएका थिए । मेमा जापान भ्रमणका बेला ट्रम्पले किम ‘एकदमै चलाख व्यक्ति’ भएको बताउँदै उनले उत्तर कोरियाबाट ‘धेरै राम्रा कुरा निस्कने’ अपेक्षा गरेको बताएका थिए ।राजधानी डेली

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *