राजधानीमा शृंखलाबद्ध सिरिन्ज अट्याक : रातको समयमा बाइकमा हिँड्ने को हुन् ?के छ सिसिटिभी फुटेजमा ? हेर्नुहोस।

२०७६ असार ८, आईतवार २२:०९ गते २०७६ असार ८, आईतवार २२:०९ गते २०७६ असार ८, आईतवार २२:०९ गते

काठमाडौं- रातको ९ बजेदेखि साढे १० बजेसम्मको समय। राजधानीको ढल्कु, डल्लु र पकनाजोल क्षेत्र। राजधानीमा शृंखलाबद्ध सिरिन्ज आक्रमणका घटनाहरु भइरहेको तथ्य बाहिर आएपछि प्रहरीले सुरु गरेको अनुसन्धानबाट धेरै तथ्यहरु फेला परेका छन्।‘यो समयबीचमा आक्रमण भएको देखिन्छ।

आक्रमण स्वयम्भू क्षेत्रमा पर्ने आसपासका ढल्कु, डल्लु र पकनाजोलमा आक्रमणकारीले यी घटना गराएको खुलेको छ’, महानगरीय प्रहरी अपराध महाशाखाका एक अधिकृत भन्छन्। प्रहरीमा हालसम्म सिरिन्ज अट्याकका पाँचवटा घटनासँग सम्बन्धित उजुरी आएका छन्। यी घटनामा ६ जना महिला पीडित छन्। तीमध्ये धेरैजसो अविवाहित छन्।

जेठको अन्तिम दुई वटा शनिबारमा मात्र दुई वटा घटना भएका थिए जसमध्ये एउटामा सिरिन्ज अट्याक भइरहेको सिसिटिभी फुटेज प्रहरीले फेला पारिसकेको छ। प्रहरीले यही सिसिटिभी फुटेजबाट अनुसन्धान अगाडि बढाएको छ। प्रहरीको अहिलेसम्मको अनुसन्धानले भन्छ- आक्रमणकारी एउटै व्यक्ति छन् जो रातको समयमा मोटरसाइकल लिएर बाटोमा भेटिने महिलामाथि सिरिन्ज अट्याक गर्छन्।

के छ सिसिटिभी फुटेजमा ?

जेठ १८ गते ढल्कोमा स्थानीय एक विवाहित महिला कुकुरलाई दिशापिसाब गराउन राति १० बजे घरबाहिर निस्किन्छिन्। बाटोमा हिँडिरहँदा फुल हेलमेट लगाएर पल्सर बाइक चलाइरहेका एक युवक दुई तीनपटक ओहोरोदोहोर गर्छन्। ती महिला भने आफ्नै ध्यानमा हुन्छिन्।अचानक उनको कम्मरमा केहीले घोचेजस्तो हुन्छ। उनको अगाडि एउटा बाइक जो अघिदेखि ओहोरदोहोर गरिरहेको थियो, हुत्तिएर अगाडि बढ्छ। घटना थप अगाडि बढ्दैन। त्यसको दुई दिनपछि डल्लुमा पनि यस्तै घटना हुन्छ, लगभग त्यही समयमा। जेठको ३२ गते पकनाजोलमा राति ९:५० बजेको समयमा दुई जना दिदिबहिनी हिँडिरहेका हुन्छन्।

पछाडिबाट बाइकमा आइरहेका युवकले बहिनीको शरीरमा तिखोबस्तुले घोच्छन्। दिदी के भयो के भयो भन्दै बहिनीतिर हेर्छिन्। उनिहरु सम्हालिन नपाउँदै त्यही बाइक फर्किएर दिदीमाथि आक्रमण हुन्छ : तिखो वस्तुले शरीरमा घोचिन्छ। फुल हेलमेट लगाएका अनि एक्लै सवार मोटरसाइकल त्यहाँबाट ‘फरार’ हुन्छ।

‘हामीले पीडितहरुसँग कुरा गर्दा अधिकांशले फुलहेलमेट लगाएर बाइकमा आएका युवकले आक्रमण गरेको बताएका छन्। यी घटना एउटै क्षेत्र र लगभग एउटै समयमा भएको छ। आक्रमणकारीको हुलिया पनि धेरै मिलेको छ। हामी बाइकको पहिचान गर्नतर्फ लागेका छौँ’, अपराध महाशाखाका ती अधिकृत भन्छन्। पीडितहरुबीच एकअर्कामा चिनजानसमेत नदेखिएकाले आक्रमणकारीमा मानसिक समस्या रहेको हुन सक्ने प्रहरीको अनुमान छ। प्रहरीमा आएका उजुरीमा बैशाख १५ र २९ गते पनि सिरिन्ज अट्याक भएको देखिन्छ। ‘सिरिन्ज नै हो वा अरु, स्पष्ट हुन बाँकी छ’, प्रहरी अधिकारी भन्छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed