सुनको मूल्य पुग्यो ६५ हजार ५ सय रुपैयाँ

२०७६ असार १०, मंगलवार १३:०७ गते २०७६ असार १०, मंगलवार १३:०७ गते २०७६ असार १०, मंगलवार १३:०७ गते

आज सुनको मूल्य ६५ हजार ५ सय रुपैयाँ पुगेको छ।अघिल्लो दिन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्यमा एकपछि अर्को गर्दै निरन्तर नयाँ रेकर्ड कायम भइरहेको छ।जेठ ५ गते सुनको मूल्यमा ६४ हजार रुपैयाँको इतिहासकै नयाँ रेकर्ड कायम भयो। यो रेकर्ड एकै दिनमा तोडियो । जेठ ६ गते तोलामा १ हजार रुपैयाँ बढ्दै ६५ हजार रुपैयाँमा सुनको कारोबार भयो। ३ दिन सम्म निरन्तर ६५ हजार रुपैयाँमै कारोबार भइरहेको सुन आज तोलामा ५ सय रुपैयाँ बढेर अर्को नयाँ रेकर्ड कायम भएको छ।

सुनको मूल्य निरन्तर उकाले लागेको १ महिना हुनथालेको छ। जेठ १५ गते अर्थात आगामी आर्थिक वर्षको बजेट प्रश्तुत हुनुभन्दा अघिल्लो दिन ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन असार १० सम्ममा तोलामा ६ हजार रुपैयाँ बढेको छ।बजेट प्रश्तुत भएको भोलिपत्ट सुनको मूल्य तोलामा १५ सय रुपैयाँ बढेर ६३ हजार रुपैयाँ कायम भयो। त्यतिबेला सुनको मुल्य बढ्नुको मुख्य कारण नेपाली बजार भएको नेपाल सुुनचाँदी रत्न तथा आभूषणका अध्यक्ष रमेश महर्जनले बताए।सुनको मूल्य बढ्नुको मुख्य कारण सरकाररले आगामी आर्थिक वर्षको बजेटमा सुन आयातमा बढाएको भंसारदर भएको उनको भनाइ छ।

त्यसयता पनि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। अहिले भने सुनको मूल्य बढ्नुमा आन्तरिक कारण नभएर अन्तर्राष्ट्रिय कारण भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न साक्यले बताए।उनका अनुसार सुनको मूल्य बढ्नुको मुख्य कारण पछिल्लो समय अमेरिकाको इरानसँग बढेको द्वन्द्व हो। साथै अमेरिका र चीन पछिल्लो नौ महिनादेखि व्यापार युद्धमा छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानमा पनि कर बढाउने चेतावनी दिएका छन्। व्यापार घाटा न्यूनीकरणको उद्देश्यले ट्रम्पले चालेको यो कदमबाट लगानीकर्ताको मनोबलमा प्रभाव परेकाले सुनको मूल्य बढेका हो।अन्तर्रा्ष्ट्रिय बजारकै आधारमा चल्ने स्थानीय सुन बजारमा यसपालि मूल्यवृद्धि हुनुको कारण के हो? भनेर हामीले सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यलाई पनि सोध्यौै।

उनले पहिले अन्तर्रा्ष्ट्रिय बजारमा भाउ बढ्नुको कारण खुलाए।अन्तर्रा्ष्ट्रिय बजारमा सुनको कारोबार अमेरिकी डलरमा हुन्छ। जब अमेरिका आन्तरिक वा बाह्य विवादमा फस्छ, तब लगानीकर्ताहरू अमेरिकी डलरको भाउ घट्ने डरले सुनतिर आकर्षित हुन्छन्। उनीहरू आफूसँग रहेको डलर सुनमा लगानी गर्छन्। यसले सुनको माग र मूल्य सँगसँगै बढ्छ।

पछिल्लो समय अमेरिकाको इरानसँग द्वन्द्व बढेको छ। इरानले अमेरिकी जासुसी ड्रोन खसालेपछि द्वन्द्व थप चर्किने अनुमान छ। यसले विश्वका लगानीकर्तामा अन्यौल बढेको र उनीहरू धमाधम सुनमा लगानी गर्न थालेको शाक्यले बताए।जुनसुकै बेला बेच्न सकिने सुनलाई नगदजस्तै तरल पुँजीका रूपमा लिइन्छ। यसलाई सबैभन्दा सुरक्षित लगानीको माध्यम पनि भनिन्छ।‘जब शक्तिराष्ट्रको विवाद बढ्छ, तब लगानीकर्ताहरू आफ्नो पुँजी सुनमा लगानी गर्छन।’ शाक्यले भने, ’यसले एक्कासि माग बढ्दा मूल्य पनि बढ्न जान्छ।’अमेरिकाको फेडरेसन रिजर्भ बैंकले तत्काल ब्याजदर नबढाउने निर्णय गरेकाले पनि सुनको मूल्यमा असर परेको हो। ’ब्याज नबढ्ने भएपछि बैंकमै पैसा राख्नुभन्दा सुनमा लगानी गर्नु फाइदाजनक हुन्छ,’ उनले भने, ’यसले सुनको मूल्यमा थप चाप परेको छ।’अन्तर्राष्ट्रिय बजारमा भएको यो उतारचढावका कारण नेपाली बजारमा पनि सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड कायम गर्दै आइरहेको छ।सेतो पाटी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *