काठमाडौं । गायिका अञ्जु पन्तले गीत रेकर्ड गरेर जन्मदिन मनाएकी छिन् । मंगलवार एप्लस स्टुडियोमा भेटिएकी अञ्जु गीत रेकडिङको तयारीमा थिइन् ।
‘तीनवटा जति गीत आज रेकर्ड गर्ने कार्यक्रम रहेको छ ।’ उनले भनिन् । रेकडिङ स्टुडियोमै उनका केही शुभचिन्तकहरु केक लिएर पुगेका थिए ।राती १२ वजे उनलाई परिवारका सदस्यले विषेश केक ल्याएर वीस गरेका थिए । परिवारका सबैजना जम्मा भएर केक काट्दा रमाईलो अनुभुति भएको उनको भनाई थियो ।
जन्मदिनको अवसरमा स्कुले वालवालिकालाई शैक्षिक सामग्री प्रदान गर्दै आएकी अञ्जु तीन दिनपछि तराई जाने भएकी छिन् ।
‘तराईका वालवालिकालाई शैक्षिक सामग्री र लत्ता कपडा बाँड्ने योजना बनाएको छु । पर्सि तिर जान्छु ।’ उनले भनिन् ।राजधानी डेली
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0