‘विदेशमा उपचार गर्न जानेलाई सरकारले एक पैसो दिँदैन’-उपेन्द्र यादव

२०७६ असार १०, मंगलवार १३:१३ गते २०७६ असार १०, मंगलवार १३:१३ गते २०७६ असार १०, मंगलवार १३:१३ गते

काठमाडौं : उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विदेशमा उपचार गर्न जाने जोकसैलाई पनि सरकारले एक पैसो नदिने बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यस्तो भनेका हुन्।

स्वास्थ्यमन्त्री यादवले नेपालमा उपचार नभएर मात्रै विदेश जाने नगरेको बताउँदै पैसा भएर विदेश जानेलाई रोक्न नसकिने उल्लेख गरे। ‘नेपालमा उपचार नभएर मत्रै विदेश जाँदैनन्। नेपालमा सम्भव हुने उपचारका लागि पनि विदेश जाने क्रम बढेको छ’, मन्त्री यादवले भने, ‘पैसा भएर विदेश उपचारमा जानेलाई रोक्न सकिँदैन।

तर विदेशमा उपचार गराउनेलाई जोकसैलाई सरकारले खर्च नदिने कानुनी व्यवस्था लागू भइसकेको छ।’ मन्त्री यादवले देशका ठुलै मान्छेदेखि सर्वसाधरणको हकमा पनि यो कुरा लागू हुने बताएका छन् ।

‘अब शक्तिशालीले पनि विदेशमा उपचार गर्न सरकारी कोषबाट पैसा पाउँदैनन्, त्यसबारे कानुन नै बनिसकेको छ’, उनले भने, ‘सरकार यो व्यवस्था लागू गराउन कटिवद्ध छ, तपाईंहरु ढुक्क हुनुस्।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed