धेरै चिया पिउनुहुनेलाई सुखद खबर : अबश्य पढ्नुहोस।

२०७६ असार १०, मंगलवार १३:२८ गते २०७६ असार १०, मंगलवार १३:२८ गते २०७६ असार १०, मंगलवार १३:२८ गते

एजेन्सी–के तपाईं पनि त्यस्तै एक व्यक्ति हो, जसलाई चिया नभइ हुँदैन रु अर्थात् चिया धेरै पिउने गर्नुहुन्छ ? प्रायजसो चिया धेरै पिउने मान्छेलाई सल्लाह दिने गरिन्छ कि धेरै चिया पियो भने बिमार भइन्छ, कम गर १ तर, यहाँ हामीले चिया पिउने व्यक्तिका लागि खुसीको समाचार लिएर आएका छौं ।

एक खोजका अनुसार धेरै चिया पिउने व्यक्ति कम चिया पिउनेको तुलनामा काममा धेरै फोकस हुने तथा क्रियटिभ हुने गर्छन् । चिया पिउनाले एकाग्रता बढ्ने खोजबाट पत्ता लागेको छ । धेरै चिया पिउने व्यक्तिमा मानसिक स्पष्टता समेत राम्रो हुने गरेको रिसर्चबाट पत्ता लागेको छ । चिया पिउनाले मानिसमा क्रिएटिभिटी बढ्न जान्छ ।

खासगरेर चियामा क्याफिन र थियनाइन उपलब्ध हुन्छ । जसले मानषिक अलर्टनेस बढाउने गर्छ । फूड क्वालिटी एण्ड प्रिफरेन्स जर्नलमा प्रकाशित रिसर्च रिपोर्टका अनुसार एक कप चिया पिएपछि कुनै पनि व्यक्तिले आफ्ना मानषिक चुस्तता महसूस गर्न सक्छन् ।मनोवैज्ञानिकहरुको टीमले ५० जना विद्यार्थीमा यसको रिसर्च गरेका हुन् ।

रिसर्चमा सहभागी विद्यार्थीको उमेर २३ साल थियो । आधा विद्यार्थीलाई पिउनका लागि चिया दिइयो भने आधालाई चिया । त्यसपछि पत्ता लाग्यो कि चिया पिउने विद्यार्थीमा रचनात्मक क्षमता (क्रिएटिभिटी) बढी देखियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed