ट्रम्पले लगाए इरानमाथि थप प्रतिबन्ध, निशानामा सर्वोच्च नेता खामेनी

२०७६ असार १०, मंगलवार १३:३१ गते २०७६ असार १०, मंगलवार १३:३१ गते २०७६ असार १०, मंगलवार १३:३१ गते

अमेरिकाले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमाथि थप प्रतिबन्ध लगाउने कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन्।अघिल्लो साता इरानले अमेरिकाको जासुसी ड्रोन खसालिदिएपछि अमेरिका र इरानबीच तनाव चुलिएको थियो। इरानमाथि आक्रमण गर्ने योजना ट्रम्पले अन्तिम समयमा आएर रोकेका थिए। उनले युद्धबाट समाधान ननिस्कने भन्दै सम्झौतामार्फत् अघि बढ्नु उपयुक्त हुने बताएका थिए।

आणविक शक्ति राष्ट्र इरानलाई सम्झौतामा तल पार्न ट्रम्पले पछिल्लो प्रतिबन्ध लगाएका हुन्।वासिङट्नले यसअघिदेखि नै तेहरानमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको थियो। यसपालिको प्रतिबन्ध भने सर्वोच्च नेता अयोतोल्हा अली खामेनीप्रति लक्षित छ।

नयाँ प्रतिबन्धपछि खामेनी र उनको सरकारका उच्च नेताहरूले महत्वपूर्ण स्रोत र सहयोग उपयोग गर्न नपाउने ट्रम्पले बताएका छन्।

अमेरिकाको नयाँ प्रतिबन्धले यी दुई राष्ट्रबीच तनाव झन् चुलिने देखिएको छ।

‘सामान्यत: जब तपाईं कुनै राष्ट्रको प्रमुखलाई निशाना बनाउनु हुन्छ त्यसपछि पछाडी फर्किनुहुन्न। सबै विकल्प सकिए भन्ने लागेपछिमात्र राष्ट्रप्रमुखमाथि प्रतिबन्ध लगाइन्छ,’ अमेरिकाको विदेशी सम्पत्ति नियन्त्रण कार्यालयका पूर्वप्रमुख जोन स्मिथले समाचार संस्था रोयटर्सलाई भनेका छन्।ट्रम्पले गत महिना इरानसँग अरू शक्ति राष्ट्रहरूले सन् २०१५ मा गरेको आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेका थिए। उक्त सम्झौता गर्दा बाराक ओबामा अमेरिकी राष्ट्रपति थिए।

मे १२ मा सी अफ ओमनमा फुजैराह भन्ने ठाउँमा तेल बोकेका चार जहाजमाथि आक्रमण भएको थियो।इरान र अमेरिकाको तनाव चुलिँदा विश्व सेयर बजारमा नकारात्मक असर परेको छ। सुनको मूल्य त नेपाली बजारमा प्रति तोला सातामा साढे दुई हजार रुपैयाँ बढेको छ। मंगलबार नेपालमा सुनको मूल्य प्रतितोला ६५ हजार पाँच सय रुपैयाँ पुगेको छ।सेतो पाटी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *