केही दिन देखि अमेरिका र इरानबीचको विवाद बढ्दै गइरहेको छ । इरानले अमेरिकी ड्रोन खसालेपछि अमेरिका र इरानबीच युद्ध सुरु हुनसक्ने जनाइएको थियो । अमेरिकाले यदी यसको जवाफ फर्काएको भए सायद युद्धको अवस्था आउँन सक्थ्यो ।
यो बीचमा दुई देश एक अर्कालाई धम्की दिने कुरामा भने अगाडी देखिएका छन् । आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिदैं सच्चिएर आउँन अनुरोध गर्नुभएको छ ।
उहाँले लगतार तीन ट्वीट गर्दै अमेरिका अहिलेको विश्वमा सबैभन्दा शक्तिशाली सैन्य शक्ति भएको भन्दै इरानले निहुँ खोज्नु राम्रो नभएको स्पष्ट पार्नुभएको छ । उहाँले गएको २ वर्षमा अमेरिकाले सैन्य क्षेत्रमा १.५ अर्ब डलर खर्च गरेको भन्दै सिधा र शक्तिको मार्ग खोज्नु इरानका लागि घातक हुने बताउनु भएको छ । उहाँले इरान दया र करुणाको भाषा बुझ्ने कुरामा चुकेको खण्डमा अमेरिकाले पनि शक्ति प्रयोग गर्ने उहाँको चेतावनी रहेको छ ।
उहाँले अर्को ट्वीटमा इरानको सरकारले सम्पुर्ण खर्च आतंकवाद र हातहतियार निर्माण गर्नमा सक्काएको भन्दै इरानी जनताको अवस्था दयानिय भएको आरोप लगाउनु भएको छ । उहाँले इरानले विकासमा खर्च नगरेको भन्दै आम्दानीको ठुलो हिस्सा आतंकवादमा लगाएको आरोप लगाउनु भएको छ ।
.उहाँले विगतमा इरानले २ हजार अमेरिकी नागरिकलाई आईईईको र ईएफपी (बम) को प्रयोग गरेर मारेको आरोप लगाउनु भएको छ । यस बमले हजारौं अमेरिकी नागरिक घाइते भएको समेत उहाँको आरोप छ ।
उहाँले अहिलेको अवस्थामा इरान सरकारले दिएको प्रतिकृयाले आफु चिन्तीत भएको बताउनु भएको छ । ईरानको बयान अपमानजनक भएको उहाँको बुझाइ रहेको छ । इरानले वास्तविकता नबुझेको उहाँले स्पष्ट पार्नुभएको छ । अहिले बाराक ओबामाको सरकार नभएको भन्दै इरान अमेरिकाले भनेको बाटोमा नआए समाप्त भएर जाने भन्दै धम्की दिदैं आउँनु भएको छ ।
अमेरिका इरानको परमाणु हतियारलाई नियन्त्रणमा लैजान चाहिरहेको छ । उत्तर कोरियाको पनि अमेरिका परमाणु हतियारलाई नियन्त्रणमा लिन खोजिरहेको छ । अमेरिका आफुलाई शक्तिमा राख्नको लागि आफुलाई शंका लागेका देशहरुको सैन्य शक्तिलाई आफ्नो नियन्त्रणमा लिने प्रयासमा रहेको छ । इरानका पक्षमा अहिले रुस देखिएकाले आक्रमण भन्दा पहिले अमेरिका सोच्दै आएको छ । व्यापारिक लडाईले अहिले अमेरिका एक्लो बन्नुपर्ने अवस्था देखिएको छ ।जनबोली बाट
Views: 0