विश्वकप क्रिकेट : दक्षिण अफ्रिकासँगको पराजितसँगै श्रीलंकाको सेमिफाइनल यात्रा कठिन

२०७६ असार १४, शनिबार ०६:४४ गते २०७६ असार १४, शनिबार ०६:४४ गते २०७६ असार १४, शनिबार ०६:४४ गते

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंका दक्षिण अफ्रिकासँग नौ विकेटले पराजित भएको छ । हारसँगै श्रीलंका विश्वकपबाट बाहिरिने सम्भावना प्रबल बनेको छ ।टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २०३ रन बनाएको थियो ।

खराब सुरुवात गरेको श्रीलंकाले पहिलो ओभरको पहिलो बलमै विकेट गुमाएको थियो । त्यसपछि कुशल परेरा र अभिष्का फर्नान्डोले ६७ रनको साझेदारी गर्दै इनिङ्स माथि उठाउने प्रयास गरेका थिए ।फर्नान्डो ३० रन बनाएर आउट हुँदा टिमको स्कोर ७२ रन पुग्दा अर्का सेट ब्याट्सम्यान परेर पनि ३० रन नै बनाएर पेभेलियन फर्किए । यसैगरी धनञ्जय डी सिल्भाले २४ रन जोड्दा कुशल मेन्डिसले २३ रन बनाए ।

श्रीलंकालाई सस्तैमा रोक्न क्रिस मोरिस र ड्वेन प्रिटोरियसले समान तीन–तीन विकेट लिए । त्यस्तै कागिसो रबबडाले २ विकेट हात पारे ।२०४ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले ३७ ओभर दुई बलमा एक विकेट गुमाउँदै लक्ष्य प्ररा गर्यो ।

३१ रनमा पहिलो विकेट गुमाएको दक्षिण अफ्रिकाको जितमा हसिम अमला र फाफ डुप्लिसिसले दोस्रो विकेटका लागि एक सय रनको साझेदारी गर्दै टिमलाई जित दिलाए । उसका लागि हसिम अमलाले ८० रन बनाए भने डुप्लिसिसले ९२ रनको योगदान गरे ।विश्वकपबाट बाहिरी सकेको दक्षिण अफ्रिकासँगको हारले श्रीलंकाको शीर्ष चारमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । अब उसलाई शीर्ष चारमा पुग्न आफ्ना सबै खेलमा जित निकाल्नुको साथै अरुको खेलमा पनि भर पर्नुपर्ने हुन्छ ।उज्यालो अन्लाइन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *