ओम अस्पतालमा उपचारमा सहुलियत सुविधा : अस्पताल र जनता बैंकबीच साझेदारी

२०७६ असार १९, बिहीबार २२:०९ गते २०७६ असार १९, बिहीबार २२:०९ गते २०७६ असार १९, बिहीबार २२:०९ गते

काठमाडौँ-काठमाडौँको चावहिलमा रहेको ओम अस्पताल र जनता बैंक लिमिटेडले ग्राहक तथा कर्मचारीलाई उपचारमा सहुलियत सुविधाका लागि साझेदारी गरेका छन्।

ओम अस्पताल र जनता बैंकबीच भएको सहमति अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले डाक्टरसँगको कन्सल्टेशन, औषधिको बिल, डिस्पोजेवल, प्रत्यारोपण सामग्री र विशेष प्याकेजहरु बाहेकका सेवामा १० प्रतिशत छुट पाउन सक्नेछन्।

साझेदारी सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारीहरुले जनता बैंकको भिसा डेबिट कार्ड स्वाइप गरेर पनि उपलब्ध अफरको लाभ लिन सक्ने अस्पतालले जनाएको छ। साझेदारी सम्झौतापत्रमा ओम अस्पतालका प्रबन्ध संचालक बाबुकाजि कार्की तथा संचालक समिति सदस्य हरीप्रसाद पाठक तथा जनता बैंकका प्रबन्धकहरु सुरेश गौतम र महेन्द्र खतिवडाले गरेका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *