२१ वर्षपछि विवाह गर्ने युवतीलाई ५ हजार पुरस्कार

२०७६ असार १९, बिहीबार २२:४० गते २०७६ असार १९, बिहीबार २२:४० गते २०७६ असार १९, बिहीबार २२:४० गते

कालिकोट : जिल्लाको शुभकालिका गाउँपालिकाले कृषि कार्यक्रमलाई लाक्षित गरी युवा कृषि उद्यमीलाई मासिक दुई हजार भत्ता दिने निर्णय गरेको छ। गाउँपालिकाले २०७६/०७७ को नीति तथा कार्यक्रममा युवा उद्यमीलाई मासिक मासिक दुई हजार दिने निर्णय गरेको हो। युवालाई उद्यम तथा रोजगारीको अवस्था सिर्जना गर्नका लागि युवा उद्यमीलाई मासिक भत्ताको व्यवस्था गरेको पालिकाले जनाएको छ।

स्थानीयस्तरमा रोजगारी दिने लक्ष्यका साथ युवा उद्यमीलाई मासिक भत्ताको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंले बताए। ‘हामीले गाउँमा नै रोजगारी बनाउने लक्ष्य राखेका छौँ’ उनले भने, ‘यसले युवालाई गाउँमा नै रोजगारी दिनेछ।’ गाउँपालिकामा ३० भेडा, ५० बाख्रा, २ वटा भैँसी पाल्ने युवा उद्यमीलाई मासिक १ हजार र ४० भेडा वा ६० भन्दा बढी बाख्रा वा ३ भन्दा बढी भैँसी पाल्ने युवा कृषि उद्यमीलाई मासिक २ हजारका दरले प्रोत्साहन भत्ता दिने निर्णय भएको अध्यक्ष चौलागाईंले बताए। ‘युवा कृषि उद्यमीलाई उन्नत जातका थुमा, बाख्रा, राँगा दिने नीति ल्याएको छ’ उनले भने, ‘हामीले रोजगारीको अवसर कृषि उद्यममा नै खोजेका छौँ।’ २१ वर्षपछि विवाह गर्ने युवतीलाई ५ हजार पुरस्कार गाउँपालिका भित्रका २१ वर्ष उमेर पुगेर युवतीले विवाह गरेमा ५ हजार पुरस्कारस्वरूप दिने गाउँपालिकाले निर्णय गरेको छ। बालविवाहको अन्त्य गर्नका लागि गाउँपालिकाले २१ वर्षको उमेर पुगेर विवाह गरे प्राहोत्सान स्वरूप पाँच हजार दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष चौलागाईंले बताए।

‘बालविवाह न्यूनीकरणका लागि प्राहोत्सन दिने निर्णय भएको छ’ उनले भने, ‘हामीले गाउँपालिका बालविवाह शून्यमा झार्ने लक्ष्य लिएको छौँ।’ गाउँपालिका जनतासँग अध्यक्ष कार्यक्रम गाउँपालिकाले जनतासँग अध्यक्ष कार्यक्रम पनि ल्याएको छ। गाउँपालिका भित्रका गरिव विपन्न परिवारका लागि जनातासँग अध्यक्षको प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने उद्देश्य कार्यक्रम पालिकामा संचालन गर्ने भएको छ।

गरिव घरबार बिहीनका लागि जनता आवास कार्यक्रम, कृषि आधुनिकरण कार्यक्रमअन्तर्गत फलफूलका विरुवा अनिवार्य गरी गाउँपालिकालाई फलफूल पकेट क्षेत्रको रुपमा यस वर्षभित्र घोषणा गर्ने नीति तथा कार्यक्रम ल्याएको अध्यक्ष चौलागाईंले बताए। ‘जनतासँग हामीले सेवा दिने उद्देश्य यो कार्यक्रम ल्याएको छ’ उनले भने, ‘यसले यहाँका गरिबी तथा बेरोजगारको समस्या हट्ने छ।’

गाउँपालिकाले गाउँसभामा कुल ३९ करोड ३८ लाख ७५ हजार ९ सय अठासी रुपैयाँको बजेट सार्वजनिक गरिएको र कृषि, यातायात, स्वास्थ्य, शिक्षा, लक्षित समूह र बेरोजगार युवा रोजगारी पहिलो प्राथमिकतामा राखिएको उपाध्यक्ष पम्फाकुमारी शाहीले बताइन्। ‘बेरोजगारलाई रोजगार दिने कार्यक्रम हाम्रो पहिलो प्राथमिकता हो’ उनले भनिन्, ‘सबै क्षेत्रमा हामीले बजेट समेटेका छौँ।’थाहा खबरबाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *