एसईईपछिको गन्तव्य रोजगारमुखी शिक्षा : हेर्नुहोस विषय छनोटमा ध्यान दिनुपर्ने कुराहरु।

२०७६ असार २०, शुक्रबार ११:४८ गते २०७६ असार २०, शुक्रबार ११:४८ गते २०७६ असार २०, शुक्रबार ११:४८ गते

एसईईपछिको गन्तव्य रोजगारमुखी शिक्षाएसईईपछिको गन्तव्य रोजगारमुखी शिक्षागोपाल संग्रौलाकाठमाडौं । चाँगुनारायण नगरपालिका दुवाकोट बस्ने १६ वर्षीय गृमेश बस्नेत भक्तपुरमा नगरपालिकामा रहेको मेधा माध्यमिक विद्यालयबाट एसईईमा ‘ए’ ग्रेड ल्याए । सामुदायिक विद्यालय भएपनि मेधा मावि जिल्लाकै उत्कृष्ट विद्यालय हो । उनी अब आईटि विषय लिएर उच्च शिक्षा हासिल गर्ने योजनामा छन् । आईटि इन्जिनियर बन्ने आफ्नो योजना अनुसार कम्प्युटर ईन्जिनियरिङ विषय लिएर कक्षा ११ मा भर्ना हुने तयारी गरिरहेका छन् । अविभावक र आफनोे इच्छा अनुसार विषय छनौट भए सहजै उच्च शिक्षा हासिल गर्न सकिने उनको धारणा छ । उनी एसईई दिनु अघि देखि नै अभिभावक, साथीको सुझाव र बजारको माग अनुसार के विषय अध्ययन गर्ने भनेर निधो गरिसकेका थिए । उनले भने, “कम ग्रेड ल्याएका विद्यार्थीलाई आफ्नो विषयगत दक्षताका आधारमा अध्ययन गर्न सुझाव दिन्छु । मलाई कम्प्युटरको सफ्टवेयर , हार्डवेयर र नेटवर्किङप्रति रुची भएर नै यो बिषय छनोट गरेको हो ।”गृमेशले एसईईमा राम्रो ग्रेड ल्याएका कारण उनले इच्छा अनुसार नै विषय रोजेर पढ्न सक्छन् ।

सि र डि गे्रड ल्याएका र अनिवार्य बिषयमा कम गे्रड ल्याएका विद्यार्थीका लागि भने गृमेशलाई जस्तो अवसर हुँदैन । सरकारले विषय र संकाय अनुसार फरक फरक मापदण्ड तोकेको छ । त्यसैले अधिकांश अनिवार्य विषयमा डि प्लस ल्याएको हुनु पर्छ । यसरी विषयगत मापदण्ड पूरा गरेका विद्यार्थीले मात्र कक्षा ११ को भर्ना सहज हुन्छ । असारको दोस्रो साता परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षाको नतिजा सार्वजनिक ग-यो । विगत ३ वर्षदेखि सरकारले कोही असफल नहुने भनिएको लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजानिक गर्दै आइरहेको छ । ३ वर्षको अवधिमा विद्यार्थीहरु लेटर ग्रेङिङ नतिजा प्रणालीमा अभ्यस्त भईसकेका छन् । अब विद्यार्थीले आपुूले प्राप्त गरेको ग्रेडका आधार संकाय र विषय छनोट गर्न सक्नेछन् । सरकारले कक्षा १२ सम्मको शिक्षालाई विद्यालय तह मानेको धेरै भएको छैन । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईपछि कस्तो विषय छान्दा उच्च शिक्षाका लागि उपयुक्त हुन्छ भन्ने अहिले नै निर्णय लिनुपर्ने बेला हो । सरकारले एसईईपछिका कोर्सलाई स्नातक तहका विभिन्न संकायसँग मिल्ने गरी हालै विद्यालय शिक्षाको लागि नयाँ पाठ्यक्रम प्रारुप तयार गरेको भएपनि सबै लागू हुन सकेको देखिदैन ।

कस्तो विषय छान्ने ?

धेरै अभिभावक तथा विद्यार्थीले समयमा उपयुक्त विषय छनोट गर्न नसक्दा उच्च तहमा पुगेर अलपत्र पर्ने गरेको पाइन्छ । हालसम्मको अध्ययनले धेरै जसो विद्यार्थीले कक्षा १२ पछि आफूले पढेको विषय बदल्ने गरेका उदाहरण पनि प्रशस्त पाइन्छ । बिगत वर्षहरुमा प्लस २ मा साइन्स पढेका विद्यार्थी माथिल्लो तहमा अन्य बिषय अध्ययन गरेको उदाहरण धेरै रहेको छ । विद्यार्थीको क्षमता र इच्छा अनुसार विषय छनोट गर्न नसक्दा उच्च तहमा गएर विषयमात्र होईन संकाय नै बदलेको प्रशस्त घटनाहरु रहेका छन् । एसईई दिएका विद्यार्थीले कस्ता बिषय रोज्ने ? त्यो विषय अध्ययन गरेका जनशक्तिको बजारमा कस्तो माग छ ? रोजेको विषय पढेर पूरा गरेपछि त्यसको समाजमा कस्तो हैसियत हुन्छ जस्ता कुराहरुले विद्यार्थीलाई अलमलमा परेको पाइन्छ ।

विषयभन्दा बजारमुखी शिक्षा आवश्यक

कामप्रति सम्मान र आम्दानीका हिसाबले राम्रो गे्रड आउँदै काम लाग्ने र कम ग्रेड आउँदा काम नै नलाग्ने भन्ने सोच विस्तारै बदलिँदै गएको छ । साधारण लेखपढ गर्न जान्ने तर प्राविधिक र व्यावसायिक शिक्षामा राम्रो गर्ने मानिसले सम्मान, पैसा र जीवनयापन राम्ररी गरेका धेरै उदाहरण रहेका छन् । आम्दानी पढाई मात्र हैन, सिपले पनि दिने कुरा अहिले आएर प्रमाणित भएको छ । सिप भएका मानिसले स्वदेश तथा वैदेशिक रोजगारीमा समेत राम्रो काम र दाम पाएका छन् ।कुनै पनि विद्यार्थीले आफ्नो विषय छान्दा त्यो विषयमा स्वदेश तथा विदेशमा माग कस्तो छ, हेर्नुपर्ने समय आइसकेको छ । त्यति मात्र होइन विषय छान्दा विद्यार्थीले लगानीको प्रतिफल दिने तथा समाजमा राम्रो स्टाटस दिन सक्ने विषय छान्नुपर्छ । विश्व बजारलाई हेर्दा सिए, विविए, विविएस, एमविएस, एमविए, आइटी, इन्जिनियर लगायत प्राविधिक विषयको माग राम्रो देखिन्छ । समाजमा पनि यस्ता विषय पढ्ने व्यक्तिलाई फरक दृष्टिकोणले हेर्ने गरेको पाइन्छ । यस कारण आफ्नो क्षमता भए उच्च तहमा यस्ता विषय अध्ययन गर्न सहज हुने गरी कक्षा ११ बाट नै अध्ययन नियमित गराउनु उपयुक्त हुन्छ । अब कक्षा ११ र १२ को अध्ययन पछि अन्तरराष्ट्रिय गुणस्तरका कोर्स अध्ययनका लागि विदेश जानुपर्ने अवस्था छैन ।

नेपालमा नै विभिन्न किसिमका प्राविधिक तथा साधारण कोर्सका लागि नेपाली विश्वविद्यायलदेखि विदेशी विश्वद्यालयका कार्यक्रमहरु रहेका छन् । त्यस्ता विषयहरु निजी स्तरका विभिन्न कलेजले समेत पढाउँदै आइरहेका छन् । प्राविधिक शिक्षा अध्ययन गर्नुअघि विभिन्न कुरामा ध्यान दिनुपर्ने हुन्छ । प्राविधिक शिक्षा पढ्नुअघि कुनै पनि विद्यार्थीले पढ्न लागेको विषयको नेपाल र विश्वमा माग छ कि छैन ? आफूले पढ्न सक्छु सक्दैन भनेर विषयको बारेमा बुझ्ने, उक्त विषय पढ्न आफ्नो आर्थिक अवस्थाले भ्याउँछ कि भ्याउँदैन भनेर पहिले नै विचार गर्नुपर्छ । विद्यार्थीले अध्ययन गर्न खोजेको विषयको कार्यक्रम कुन विश्वविद्यालयमा छ, त्यसबारे पहिले ध्यान दिनुपर्छ । नेपालमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडांै विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लगायतका निजी विश्वविद्ययालयबाट समेत विभिन्न संकायका कार्यक्रमहरुको अध्यापन हुने गरेको छ । यसैगरी केही निजी कलेजहरुले विदेशी विश्वविद्यालयका कोर्षहरु पनि अध्यापन गराएका छन् । तपाई कुन विश्वविद्यालयको कोर्ष पढ्न चाहनुहुन्छ सो बारे निश्चित हुनुपर्छ ।

यस्ता विद्यालयहरुका विषय छान्नुभन्दा पहिले उनीहरुको पाठ्यक्रम, सिलेबस पनि हेर्न जरुरी हुन्छ । यसरी तपाईलाई बढी रुचि भएको तथा आफ्नो आर्थिक अवस्थाले भ्याउने खालका विषय छान्दा अझ राम्रो हुन्छ । यसैगरी विश्वविद्यालयको सफलता तथा नेपाल तथा विदेशमा दिइने मान्यता हेर्नु अर्को महत्वपूर्ण कुरा हो । यसको अर्थ तपाईंले अध्ययन गरेको युनिभर्सिटी कोर्षलाई अर्को विश्वविद्यालयले कत्तिको मान्यता दिन्छ भन्ने हो । अध्ययनका क्रममा अर्को विश्वविद्यालयमा अध्ययन गर्ने चाहना राख्दा ट्रान्सफर गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा बुझ्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । कलेजमा अध्ययन गरेको ज्ञानलाई व्यवहारीक रुपमा उतार्न इन्टर्नशिप तथा प्रोफेसनल ट्रेनिङहरुको आवश्यकता पर्दछ । यसको लागि सम्बन्धित कलेजले इन्टर्नशिपका लागि विद्यार्थीलाई आइटी इन्डस्ट्रीमा पठाउने गरेको छ कि छैन भन्ने कुरा हेर्नुपर्दछ ।

प्राविधिक शिक्षामा जोड दिऔं

हाल निजी स्तरबाट सञ्चालित उच्च शिक्षामा विद्यार्थीको आकर्षण बढाउन प्राविधिक र रोजगारमूलक शिक्षामा जोड दिन थालिएको छ । नेपालमा रहेका विश्वविद्यालयबाट नभई विदेशी विश्वविद्यालयको समेत सम्बन्धन लिएर निजी क्षेत्रका कलेजहरूले कोर्स सञ्चालन गरिरहेका छन् । निजी कलेजहरूको बाक्लो उपस्थितिले अध्ययन–अध्यापनको परम्परागत शैली नै बदलिएको छ । सैद्धान्तिक पक्षलाई समेत प्रयोगात्मक ढंगबाट पढाएर विद्यार्थीलाई आत्मनिर्भर बनाउन सबै कलेज अहिले प्रतिस्पर्धाकै रुपमा लागेका छन् । राजनीति, अन्य दबाबमा नभएका कारण र नियमित पठनपाठन गरिने हुँदा हाल निजी कलेज विद्यार्थीमा विद्यार्थीको आकर्षण बढेको छ ।

निजी कलेज सरकारी कलेजको तुलनामा महँगा हुने भएपनि बिद्यार्थीले निजी कलेज नै रोज्न थालेका छन् । अभिभावकमा पनि जसरी भएपनि छोराछोरीलाई निजी कलेज नै पढाउन चाहन्छन् ।हुन त निजी मात्र नभएर इन्जिनियरिङ, मेडिसिन, वन, कृषि जस्ता विषय महँगा विषय अध्ययनका लािग विद्यार्थीले सरकारी क्याम्पस पनि रोज्ने गर्दछन् । निजी कलेज महँगो हुने भएपनि सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउन त्यसमा विविधता ल्याउन सकिएको छैन । सरकारले १२ कक्षासम्म माध्यमिक तह भने पनि यो वर्षसम्म कोर्स भने विभिन्न विश्वविद्यालयले तह गरेका पुरानो कोर्स नै अध्ययन अध्यापन गराईदै आएको छ ।

विषय छनोटमा ध्यान दिनुपर्ने कुरा:

  • पढ्ने विषय देशको रोजगारीको माग
  • ईन्टर्नसिप वा जब प्लेसमेन्ट
  • आफ्नो क्षमता र छनोट गरेको विषय
  • विषयगत अध्ययन खर्च र आफ्नो आर्थिक अवस्था
  • अध्ययन गर्न खोजेको विषयको कोर्षको सामाजिक तथा आर्थिक प्रतिफल
  • अध्ययन गर्न खोजेको विषयमा सरकार तथा निजी कलेजले दिने छात्रवृत्ति र शैक्षिक सुविधा

from karobardaily

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *