३ वर्ष सम्म बेपत्ता भएका लोग्ने एक्कासी ‘टिकटक’ मा भेट्टिएपछि…

२०७६ असार २०, शुक्रबार १२:३८ गते २०७६ असार २०, शुक्रबार १२:३८ गते २०७६ असार २०, शुक्रबार १२:३८ गते

एजेन्सी। टिकटक अहिले धेरै मानिसको पहिलो रोजाइको सोसल मिडिया प्लाटफर्म बनिरहेको छ । मानिसहरुमा टिकटको नसा चढिरहेको छ र यसको दुरुपयोग पनि भैरहेको छ । तर प्रविधि आफैमा खराब होइन । धेरै मानिसको समय बर्बाद गरिरहेको तथा लतमा फसाइरहेको टिकट एक दम्पत्तिका लागि भने दुनियाकै कामलाग्ने माध्यम बनेको छ ।३ वर्षअघि हराएका एकजना व्यक्तिलाई टिकटकले नै उनकी पत्नी तथा परिवारसँग मिलन गराइदिएको छ । घटना भारतको हो । तमिलनाडुका एकजना व्यक्ति तिन वर्ष पहिले अचानक बेपत्ता भएका थिए ।

तर टिकटकले अहिले उनलाई उनकी पत्नी तथा बालबच्चासँग मिलन गराइदिएको छ ।समाचार अनुसार सुरेश नामका ती व्यक्ति सन् २०१६ मा पत्नी जया तथा दुई सन्तानलाई छाडेर एकाएक बेपत्ता भए । उनलाई खोज्नका लागि परिवारले हरसम्भव प्रयास गर्यो, तर उनी फेला परेनन् । पत्नीले उनी हराएको उजुरी पुलिसमा दर्ता पनि गरिन् तर पुलिसले पनि भेट्टाउन सकेन ।हालै एकजना छिमेकीले जयालाई टिकटकमा एउटा भिडियो देखाए ।

उक्त भिडियोमा देखिएका व्यक्ति जयाका लोग्ने सुरेश जस्तै देखिन्थे । जब जयाले त्यो भिडियो देखिन् तब त्यो व्यक्ति आफ्नो लोग्ने नै भएको ठहर गरिन् । त्यसपछि उनले त्यसको सूचना पुलिसलाई दिइन् । पुलिसले उक्त भिडियोकै आधारमा सुरेशको खोजी तिव्र बनायो र अन्ततः उनलाई फेला पार्न सफल भयो ।

घरबाट बेपत्ता भएका सुरेश एउटा ट्रयाक्टर कम्पनीमा काम गरिरहेका रहेछन् । टिकटकको भिडियोमा उनी एकजना समलिंगी महिलासँग देखिएका थिए । तिनै महिलासँग उनको सम्बन्ध रहेको आशंका गरिएको थियो । तथापि पुलिसले उनलाई नियन्त्रणमा लिएर सम्झाई बुझाई गरी उनको घर पूराएर पत्नीको जिम्मा लगाइदियो ।एजेन्सीको सहयोगमा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *