दाङ : प्रदेश ५ मा अनुशासनहीन काम गरेकोमा १७६ प्रहरी कारबाहीमा परेको प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। कारबाहीमा परेका मध्ये ७ जना प्रहरी निरीक्षक, २९ जना प्रहरी सहायक निरीक्षक, २५ जना हवल्दार र ११६ जना जवान रहेको प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका डिएसपी नवराज पोखरेलले बताए।
जसमा ९ जनालाई निलम्बन तथा ७ जनालाई तलक स्केलमा घटुवा गरिएको छ। त्यस्तै डिएसपी पोखरेलले नसिहदमा ९९ जना, पदोन्नति रोक्का १३ जना, तलबबृद्धि रोक्का १० जना, सेवाबाट हटाइएका १६ जना, तल्लो टाइम स्केलमा घटुवा १ जना, सक्त चेतावनी १६ जना, चालचलनमा प्रतिकूल राय ५ जना रहेको बताए। प्रदेश प्रहरी कार्यालय दाङबाट ३ जना, प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलबाट ७, प्रदेश ५ को सशस्त्र प्रहरी गण खजुरा बाँकेबाट १ जना, प्रदेश ५ को दंगा नियन्त्रण प्रहरी गण सुनवल नवलपरासीबाट ४ जना कारवाहीमा परेका हुन।
त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट १५ जना, अर्घाखाँचीबाट ११, कपिलवस्तुबाट २०, नवलपरासीबाट ९, पाल्पाबाट ४, प्यूठानबाट २, बाँकेबाट ३२, पूर्वरुकुमबाट २, बर्दियाबाट २८, रोल्पाबाट ७ र गुल्मीबाट १ जना प्रहरी कारबाहीमा परेका हुन। उनीहरूले सन्तोषजनक काम नगरेको, आदेश नमानेको, अनुशासनहीन काम गरेको जस्ता कारणले कारवाही गरिएको बताए। त्यसै गरी दाङमा चालुआर्थिक वर्षमा ३३ जना प्रहरी कारवाहीमा परेका छन्।
प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका अनुसार चालुआर्थिक वर्षको असारको दोस्रो हप्तासम्म ३३ जना प्रहरी कारबाहीमा परेका हुन्। कारबाहीमा पर्नेमा ३ जना प्रहरी निरीक्षक, २ जना प्रहरी नायव निरीक्षक, ५ जना प्रहरी सहायक निरीक्षक, ५ जना प्रहरी हवल्दार र १९ जना प्रहरी जवान कारबाहीमा परेका हुन।
ती मध्ये प्रदेश प्रहरी कार्यलयबाट १ जना र जिल्ला प्रहरी कार्यालय दाङबाट २ जना प्रहरी निरीक्षक कारवाहीमा परेका हुन्। त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङबाट २ जना प्रहरी नायव उपरीक्षक, प्रदेश ५ बाट १ जना प्रहरी हवलदार र जिल्ला प्रहरी कार्यालय दाङबाट ४ जना प्रहरी हवलदार पक्राउ परेका हुन्।थाहा खबर
Views: 0