शे-फोक्सुण्डो नेपालको सबभन्दा गहिरो र मृत ताल नभएको दाबी, जीव र वनस्पति समेत पर्‍यो फेला

२०७६ असार २१, शनिबार ०८:०० गते २०७६ असार २१, शनिबार ०८:०० गते २०७६ असार २१, शनिबार ०८:०० गते

काठमाडौं। नेपालको सबैभन्दा गहिरो भनेर चिनिने डोल्पा जिल्लाको शे-फोक्सुण्डो तालका बारेमा थप तथ्यांक बाहिरिएका छन्। नेपालको सबैभन्दा गहिरो र मृत तालको नामले चिनिने शे-फोक्सुन्डो तालको गहिराई जम्मा १ सय ४५ मिटर मात्र रहेको अनुसन्धानले देखाएको छ। ४ हजार ९ सय ४९ मिटर उचाइमा रहेको शे-फोक्शुण्डो तालको गहिराइ ६ सय ५० मिटर मानिँदै आएकोमा विज्ञहरु सम्मिलितको टोलीले, मापन पश्चात तालको गहिराइ १ सय ४५ मिटर मात्र रहेको निश्कर्ष निकालेको, त्रिभुवन विश्वविद्यालय वनस्पति विभागका बनस्पतिविद् डा. नारायण प्रसाद घिमिरले जानकारी दिए।

विज्ञ सहितको टोलीले एक साताअघि, ९ दिन लगाएर गरेको अध्ययनले तालको गहिराइबारे यो तथ्याङ्क निकालेको, घिमिरको भनाइ छ। शे-फोक्सुण्डो ताललाई सबैभन्दा गहिरो ताल र कुनै पनि जीव नरहेको तालका रुपमा मानिँदै आएपनि हाल विभिन्न जीव र वनस्पति पाइएपपिछ, यसलाई जैविक विविधतायुक्त रामसार मान्नुपर्ने उनको भनाइ छ।

मृत ताल भनिएको फोक्सुण्डो तालको गहिराई र अरु वास्तविकता पत्ता लगाउनका लागि अध्ययन गरिएको हो। यही उचाईमा रहेका अन्य तालमा विभिन्न जीव पाइएको तर यो तालमा कुनै जीवको अवषेश फेला नपारेको बताइँदै आएको थियो। तर अध्ययनका क्रममा यहाँ जीव र बनस्पति समेत फेला परेको उनले बताए। शे-फोक्सुण्डोमा पनि विभिन्न जीव र विभिन्न प्रकारका लेऊ प्रजातिको बनस्पति फेला परेकाले यो ताल जीवित नै हो भनेर किटान गर्न सकिने, वनस्पतिबिद् घिमिरको भनाइ छ। पानीमा हुने जलीय जीवबारे समेत अध्ययन गर्न त्रिविको वातावरण विभाग लगायतको टोली त्यस क्षेत्रमा गएको थियो।

वनस्पतिविद् घिमिरे भन्छन्, ‘शे फोक्सुण्डोभित्र लेउ र केहि किराफट्याङ्ग्रा समेत भेटिएकाले यो ताल निर्जीव भएर सजीव ताल हो’। तालमा विभिन्न खालका बैतेडी, काइरेनोमेडी, ओलीगोजेइड जस्ता प्रजातिका जीव फेला परेका छन्। यसैगरी क्लोरोफाइसिका, एल्गी, लेऊ लगायतका वनस्पति यो तालमा फेला परेकाले यसलाई अब मृत ताल मान्न नसकिने विज्ञ टोलीको निश्कर्ष छ।

अब यसबारे थप अध्ययन गर्नका लागि समिति नै गठन गरेर काम अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि घिमिरेले बताए। उनले भने, ‘सरकारले यसबारे थप अध्ययन गर्नुपर्नेछ। यसका लागि विज्ञ, स्थानीय र सरकार सहितको टोलीले थप अनुसन्धान गरेर यसबारे प्रष्टयाउनु जरुरी छ’।तालको पहिलो मापन २०३६ सालमा गरिएको बताइए पनि हाल सो तथ्यांक कतै भेटिएको छैन। सन् २००४ मा ब्याथिमेट्रिक सर्भे विधिबाट वैज्ञानिक अध्ययन गर्दा शे-फोक्सुण्डोको गहिराइ १ सय ४५ मिटर भएको भन्ने तथ्यांक जल तथा मौसम विज्ञान विभागमा पेस गरेको थियो।

यसपछि शे–फोक्सुन्डोको गहिराइबारे विवाद कायमै छ। सो तथ्यांकले तालको गलत प्रचार गरेको आपत्ति जनाएका स्थानीयले, सरोकारवाला र जिल्लावासीको उपस्थितिमा मन्त्रिपरिषद् र सम्बन्धित निकायलाई १० बुँदे ज्ञापन समेत बुझाएका थिए। शे-फोक्सुण्डोले एकै दिनमा दर्जनौं पटक रङ बदल्छ। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने यो तालबाट १ सय ५० मिटर अग्लो सुलिगाड झरना झर्ने गर्छ।हाम्रा कुरा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *