मुख्यमन्त्रीद्वारा नेपाली राष्ट्रिय सम्मेलन उद्घाटन

२०७६ असार २३, सोमबार १२:०७ गते २०७६ असार २३, सोमबार १२:०७ गते २०७६ असार २३, सोमबार १२:०७ गते

बाल्टिमोर । मुख्यमन्त्री शेरधन राईले नेपाली राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन् । जुलाई ५ देखि ७ सम्म सञ्चालन सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री राइले नेपाली जनता देशका मालिक बन्न सफल भएको बताए । ‘अहिले सम्पूर्ण अधिकार जनताको हातमा निहित छ । यो कसैबाट प्राप्त नभई एकताको कारण प्राप्त भएको हो’ मुख्यमन्त्री राइले पछिल्लो राजनीतिक उपलब्धि आपसी विश्वास, समन्यव र सहकार्यबाट भएको भन्दै देश नयाँ प्रणालीमा गएकाले देशका नतिजाहर बिस्तारै देख्न सकिने बताए ।

मुख्यमन्त्री राईले अमेरिकामा आएर मेहनत गरेर नेपालीहरुले सिकेको ज्ञान र सिप स्वदेशमा खर्चिन आग्रह समेत गरे । देशलाई प्राविधिक जनशक्ति र योजनाकारहरुको खाँचो भएको भन्दै उनले उनले नेपालले ब्रेन गेन सेन्टर स्थापना गरेको बताए । कार्यक्रममा राजदुत डा अर्जुन कुमार कार्की,एएनएका अध्यक्ष मेदिनी अधिकारी ,बानाका अध्यक्ष सुबोध पन्त ,अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, महाबाणिज्य दूत प्रेम राजा महत, नेपाली काँग्रेसका नेता एबम पूर्व मन्त्री दिपक गिरी, नेपाल कम्युनिस्ट पार्टीका नेता ठाकुर गैरे लगायतले मन्तब्य राखेका थिए ।कार्यक्रममा राईनास नगरपालिकाका नगर प्रमुख सिंह बहादुर थापालगायतको उपस्थिति रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *