सर्पको टोकाईबाट झापामा सात वर्षीया बालिकाको मृत्यु

२०७६ असार २३, सोमबार १२:१५ गते २०७६ असार २३, सोमबार १२:१५ गते २०७६ असार २३, सोमबार १२:१५ गते

भद्रपुर (झापा) : कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट झापामा सात वर्षीया बालिकाको मृत्यु भएको छ। सर्पदंशबाट मृत्यु हुनेमा झापा गाउँपालिका–६ स्थित मदरगाछ बजारका बैधनाथ गोसाईंकी सात वर्षीया छोरी निरुता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार आफ्नै घर कोठामा सुतिरहेका बालिकालाई आइतबार राति विषालु सर्पले टोकेको थियो। राति २ बजे छोरीलाई सर्पले टोकेको थाहा पाएपछि तत्काल उपचारका लागि कनकाई नगरपालिकास्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। बालिकाको उपचारको क्रममा बिहान ४ बजे मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *