डाटा चोरेको आरोपमा ब्रिटिस एयरवेजलाई २३० मिलियन डलर जरिवाना

२०७६ असार २४, मंगलवार १२:०४ गते २०७६ असार २४, मंगलवार १२:०४ गते २०७६ असार २४, मंगलवार १२:०४ गते

डाटा चोरेको आरोपमा ब्रिटिश एयरवेजलाई बेलायतको सूचना आयोगले २३० मिलियन अमेरिकी डलर जरिवाना तिराउने भएको छ। एयरवेजमाथि गत वर्ष ५ लाखभन्दा बढी उपभोक्तको डाटा चोरेको आरोप छ। एयरवेजमाथि प्यासेन्जरको नाम, ठेगाना इमेल र क्रेडिट जस्तो जानकारी चोरेको आरोप छ । आयोगले डाटा प्रोटेक्सन ऐन अनुसार जरिवाना गरेको बताएको छ।

सूचना अयोगका अनुसार एयरवेजलाई तिर्न लगाएको जरिवाना अघिल्लो सन् २०१७ मा उक्त एयरवेजले गरेको जम्मा कारोबारको १.५ प्रतिशत हो । कमजोर सुरक्षा प्रणालीका कारण एयरवेजको वेवसाइट ह्याक गरिएको आयोगको आरोप छ।तर, एयरलाइन्सका सिइओ एजेक्स क्रुज भने आफूले कुनैपनि डाटा नचोरेको दाबी गरिरहेका छन्। आयोगसँग उनले डाटा चोरी गरेको आरोप पुष्टी गर्ने कुनै प्रमाण नभएको बताए । उनले यसले ग्रहकलाई पर्न गएको असुविधा प्रति माफी मागेका छन्।एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *