भैंसीको निउँमा छोराद्वारा आमाको खुर्पाले हानेर हत्या

२०७६ असार २४, मंगलवार २१:११ गते २०७६ असार २४, मंगलवार २१:११ गते २०७६ असार २४, मंगलवार २१:११ गते

पर्सा : वीरगन्ज महानगरपालिका-२४ रामगढवाका एक युवकले आफ्नै आमालाई मासु काट्ने दाउ (खुर्पा) ले हानेर हत्या गरेका छन्। भैंसीको निहुँमा विवाद हुँदा मंगलबार मध्यान्ह ती युवकले आफ्नै आमालाई खुर्पाले हानेर हत्या गरेका हुन्।’हत्या गर्नुपर्ने वहाना भने केही दिन पहिले हराएको भैंसीको निउँ रहेछ’ घटनास्थलमा पुगेका प्रहरी सहायक मनोज मिश्रले भने। पैसा नदिन भैंसी हराएको भन्दै अभिभावकले आफूलाई ढाँटेको भनी अन्दाजी २० बर्षीय छोरा गुड्डु यादवले मंगलबार भने आफ्नै सौतेनी आमालाई धारिलो हतियार प्रहार गरी हत्या गरेछन्’ ४० वर्षीया शोभादेवी यादवलाई टाउको, घाँटी र हातमा खुर्पा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।’विवाद बढेपछि आमामाथि झम्टिन लागेका गुड्डुले उठाएको हतियार खोस्न खोज्दा उनका बाबु भोलन यादवले सकेनछन्। भोलन खुट्टा भाँचिएर घरमा नै रेष्ट गरेर बसेका रहेछन्। उनको पनि हातमा चोट लागेको छ’ घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक मिश्रले भने। प्रहरी टोली घटनास्थल पुग्दा गुड्डुले हातमा नै धारिलो हतियार बोकेको थियो।त्यो दाउ राख्छस् कि ठोकौं भनी डर देखाएर दाउ भूँईमा राख्न लगाई प्रहरीले उसलाई नियन्त्रणमा लिएको प्रहरी सहायक निरिक्षक मिश्रले बताए। छरछिमेकीले पनि हतियार बोकेको देखेपछि बचाउन नसकेको स्थानीयको भनाइ उद्धृत् गर्दै प्रहरी सहायक निरीक्षक मिश्रले बताए। हत्यामा सम्लग्न गुड्डुलाई पक्राउपछि पर्सा प्रहरी कार्यालय पठाइएको छ भने मृतक शोभादेवीको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।थाहा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *