साउन १ गतेबाट इन्टरनेटको शूल्क बढ्ने : हेर्नुहोस् कति बढ्छ तपाईको ?

२०७६ असार २५, बुधबार ११:५० गते २०७६ असार २५, बुधबार ११:५० गते २०७६ असार २५, बुधबार ११:५० गते

काठमाडौं– आगामी साउन १ गतेदेखि इन्टरनेटको शूल्क बढ्ने भएको छ।निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले साउन १ गतेबाट इन्टरनेट सेवा प्रयोग गरेवापत लिँदै आएको शूल्क बढाउने निर्णय गरेका छन्।

इन्टरनेट सेवा दिँदै आएका सेवा प्रदायकहरुको छाता संगठन इस्पानले नेपाल सरकारको निर्णय नुसार थप १३ प्रतिशत शूल्क बढ्ने जानकारी गराएको हो। इस्पानले सरकारले २०७६ का लागि ल्याएको आर्थिक विधेयकानुसार थप १३ प्रतिशत शुल्क बढ्ने जनाएको छ।

क्लासिक टेकले आफ्ना सेवाग्राहीलाई म्यासेजमार्फत् आगामी साउन १ गतेबाट अहिले लिँदै आएको शूल्कमा थप १३ प्रतिशत दुरुसञ्चार सेवा शूल्क थपिने जानकारी गराइसकेको छ।तर, यो शूल्क मोबाइल सेवा प्रदायकहरुले दिँदै आएको मोबाइल इन्टरनेटमा भने लागू हुनेछैन। साथै, नेपाल टेलिकम पनि इस्पान सदस्य नभएको हुँदा टेलिकमको इन्टरनेट सेवामा पनि शूल्क लाग्ने नलाग्ने कुनै निर्णय भएको छैन।नेपाल लाइभ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *